रूद्र श्रीसमगर
पोखरा, माघ १९ – पुन मगर समुदायको पहिचान बोकेको महिला पुरुषको प्रतिमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा राखिएको छ ।
पुन मगर पोशाकसहितको महिला र पुरुषको प्रतिमा बुधबार सो संग्रहालयमा राखिएको पुन मगर अगुवा एवं पत्रकार तिलकप्रसाद पुर्जा पुनले जानकारी दिनुभयो ।
पुन समाज नेपालको अगुवाइमा निर्माण गरिएको प्रतिमा संग्रहालयमा आउने पर्यटकले अब पुन मगरको भेषभूषा एवं शारीरिक बनोटका बारेमा समेत जान्न पाउनेछन् । सो प्रतिमा निर्माणका लागि एक लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको जनाउँदै पुनले मगर समुदाय भित्रको एक मुख्य थर पुनहरूको सांस्कृतिक चिनारीलाई सो प्रतिमाले जोगाइराख्न मदत पुर्याउने दाबी गर्नुभयो ।