संघिय लिम्बुवानले १०+१ नछाड्ने पहिचानवादी दलको गठवन्धन !

Read Time:6 Minute, 3 Second

कृष्ण सारू मगर


Image may contain: 12 people, people standing

दोहा-कतार, जनवरी २९ – पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौँ भन्ने उद्धेश्यका साथ संघिय लिम्बुवान लोकतान्त्रिक मञ्च संवद्ध रहेको संघिय लिम्बुवान मञ्चले सनैयाको ग्रैण्ड मल स्थित क्रिकेट खेल मैदानको तत्वधनमा दोस्रो अधिवेशन तथा “प्रवासी स्मारिका” लोकार्पण कार्यक्रमलाई संघिय लिम्बुवान लोकतान्त्रिक मञ्च नेपालका अध्यक्ष कुमार लिङ्गदेन “मिराक” को प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

माओवादी केन्द्रका शनि कुमार वली, तराई मधेस लोकतान्त्रिकका महमद हुसेन खान, समाजसेवी कमलमणि गुरागाईं, जिल्लावासी समाजको प्रतिनिधित्व गर्दै सु.पश्चिम से.समाजका अध्यक्ष, अमृत शाही लगायत अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए ।


Image may contain: 7 people

मन्तब्यको क्रममा नेपाली महिला समाजकि प्रथम उपाध्यक्ष अमिना खानले सबै महिला तथा नेपालीहरू बदनामले होइन ईमानले नाम कमाउन जोड दिनु पर्ने बताए । नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडेले हरेक संघ, संस्थाको स्मारिका सबै भन्दा महत्त्व रहने उल्लेख गरे । नेपाल प्रवासी आदिवासी-जनजाति महासंघ विशुद्ध मातृभाषिक समुदायको छाता संस्था हो । विभिन्न साँस्कृतिक पहिचान, धार्मिक तथा राजनैतिक आश्थावान समुदायको शाझा संस्था रहेकोले राजनैतिक संगठनको तर्जुमा नराख्न सबै पक्षमा महासंघका महासचिव शिव भुजेलले आग्रह गरे ।


Image may contain: 12 people, people standing

हिजो राणा तथा पञ्चायतकालिन दिनमा अशिक्षा, अचेतनाको कारणले दासी बनेका हुन् । आज २१ औं सताब्दीको वैज्ञानिक तथा प्रगतिशील ईक्षा शक्ति र स्वतन्त्र मनका कर्तब्यनिष्ठ नेपाली भुमिपुत्र आदिवासी-जनजातिका सन्तति कुलमान घिसिङ तामाङको उधारण दिँदै, संघिय समाजवादीका चन्द्रशेर राई, र किराँत याक्थुङ चुम्लुङका मन ब.आङ्बोले दासता बाट उन्मुक्तिका लागि जस्तोसुकै चुनौतिका लागि सामर्थ्य रहेको दावी गरे ।

भाषिक, धार्मिक, साँस्कृतिक पहिचान र अधिकारका लागि आवाज उठाउँदा जातिबादी, साम्प्रदायिक, विखण्डनकारीको विल्ला भिराएका राज्यसत्ता संचालक दल तथा नेतृत्वलाई प्रश्न गर्दै, राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताका बारेमा राष्ट्रिय जनमुक्ति मञ्चका मन ब.थापा मगरले प्रष्ट पारे ।

 

Image may contain: one or more people

नयाँ शक्ति नेपाल कतार संयोजक बिबि खरालले लिम्बूवानले वा आदिवासी जनजातिसमुदायले नेपाली माटोको पहिचान र अस्तित्व जोगाएर राष्ट्रवादी भएको दावी गरे ।

अन्तराष्ट्रिय नेपाली साहित्यीक समाजका अध्यक्ष तिर्थ संगम राईले आफ्नो ईतिहास, पहिचान र माटोको अस्तित्वमा समर्पित “मेरो देश शिर्षक” कविता वाचन गरेका थिए ।


Image may contain: 12 people, indoor

दिलकिरण खजुमले ७ प्रदेशलाई समर्थन जनाउँदै घुमाउरो पारामा पहिचान र संघियतालाई अस्वीकार गरे । नेपाल राष्ट्रियताको हकमा संघियाले फाईदा नहुने तर्क लगाउँदै नेपाली एकता समाजका मदन श्रीसले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै, सिँह दरवार केन्द्रीकृत एकात्मक ब्यावस्थापन संरचनाको अन्त्य हुनु पर्ने धारणा राख्दै भने, संघियता, पहिचान, धार्मिक, साँस्कृतिक, भाषिक, समाजिक तथा विविध विषयमा प्रटाउँदै झण्डै २६ औं सताब्दी अगाडि विश्व शान्तिका दुत गौतम बुद्धले ल्याएको संघीय प्रणालीको ब्याख्या विश्लेषण सहित प्रमुख अतिथि कुमार लिङ्देन “मिराक” ले लिम्बुवान मञ्चले १०+१ लाई सफल बनाउन पहिचानवादी दलहरूको संघिय गठवन्धन भएको बताए ।


Image may contain: 8 people, people sitting

उहाँले थप्दै भन्नु भयो बाहुन बाधक नभएको उल्लेख गर्दै सबैभन्दा पहिलो प्रदेशी भुमिमा एक नेपालीले अर्को नेपालीलाई सह्योगका लागि एक जुट हुन आग्रह गर्दै नवनिर्वाचित पदाधिकारीलाई अग्रिम शुभकामना दिए ।

नेपाली महिला समाजका अध्यक्ष समेत रहेकी मञ्चकी केन्द्रीय सदस्य रेखा राईको स्वागत तथा महासचिव तिल बिक्रम थेबे लिम्बू र उपमहासचिव डम्बर लिवाङ लिम्बूले संयुक्तरूपमा संचालित कार्यक्रमको सभापति मञ्चका अध्यक्ष नरेन्द्र कुमार एभेङ लिम्बूले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %