सुर्य आले मगर
युएई, जनवरी २८ – नेपाल मगर संघ,युएईले गत २७ जनवरी शुक्रबार युएईको राजधानी मुरूर कर्नेशपार्कमा माघेसक्राती शुभकामना एवं बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ ।
संघकि अध्यक्ष शुशी पुलामी मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामाङ प्रमुख अतिथि थिए भने, क्रमशः संघका भूपू अध्यक्ष एवं नेपाली सङ्घिय समाज युएईका अध्यक्ष हरि बहादुर घर्ती मगर, एन.आर.एन. (ICC) युएईका उपाध्यक्ष रविरमण अधिकारी, जनसपर्क समिती युएईका अध्यक्ष चित्र केसी, किरात राई यायोख्याका मुल कार्यसमिति युएईकी उपाध्यक्ष चन्दाकला साम्पाङ राई, नेपाल मगर संघ युएईका सल्लाहकार यम रानामगर, नेपाल आदिवासी जनजाति परिषद् युएईका महासचिव केहरसिं श्रीस मगर, बुद्धिजीवी उमेश राई, समाजसेवीहरु क्रमशः प्रदिप गुरुङ, छविलाल बिश्वकर्मा, बिनोद संग्रौला, कृष्ण रेग्मी, कमल बहादुर थापामगर, इर्जु ताम्राकार रहेको कार्यक्रमलाई, संघका महासचिव सुर्य आलेमगर र सचिव बालबिकाश थापामगरले संयुक्त रुपमा सन्चालन गरेका थिए भने, वरिष्ठ उपाध्यक्ष राम थापामगरले स्वागत मन्तव्य दिएका थिए।कार्यक्रमका प्रमुख अतिथी र सभापतिले संयुक्त रुपमा पानसमा दिपप्रज्वलनगरी उद्घाटन गरेको कार्यक्रममा शुभकामना मन्तव्यदिदै प्रमुख अतिथी तामाङले, शुशी पुलामी मगरले नेतृत्व गरेको नेपाल मगर संघ युएईले, विभिन्न कार्यक्रम मार्फत, आफ्ना जातिका पहिचान र अधिकारका आवज निरन्तर रुपमा उठाउदै आएकोमा प्रशम्सा गर्दै, जातिय संस्था जातिय हकधिकारको निम्ति भएकोले, कुनैपनी जातिय संस्थाले, यो जातिय संस्थाबाट धेरैकुरा सिक्नु वताए ।
औपचारिक कार्यक्रमलाई समापन एवं माघेसक्रातिको शुभकामनादिदै, संघकि अध्यक्ष एवं कार्यक्रमकि सभापति पुलामी मगरले, जातिय, क्षेत्रीय एवं लिङ्गिय विभेदलाई प्रोत्साहित गर्दै जवर्दस्तजारी भएको संविधानमा यी विभेद कायम रहेमा संविधानजारी भएपनी कार्यन्वयन हुन नसक्ने जिकिर गर्दै, हामी सवैजाती मिलेर बस्न चाहन्छौ, असमान संविधानजारी गरेर दलहरुले जातजातिलाई लडाउन भिडाउन खोजेकोले त्यसो नगर्न खबरदारी गरिन् ।
औपचारिक कार्यक्रम समापन पश्चात पिक्निक कार्यक्रममा खसी र सुँगुरको मासु, सेलरोटी, तरुल, अचार, सलाद र कोलड्रीक्सको स्वादमा उपस्थित सवैले एकआपसमा माघेसक्रातिको शुभकामना आदनप्रदान गर्दै सालेजो, कौडा जस्ता विभिन्न मगर जातिय संस्कृति झल्कने गित नृत्यमा रमाएको देखिन्थ्यो।