कवि तीर्थले सुनाए एकल कविता !

Read Time:2 Minute, 21 Second

मनोज घर्ती मगर


पोखरा, माघ १२ – कवि तीर्थ श्रेष्ठले पोखरामा एकल कविता सुनाएका छन् ।

लायन्स क्लब अफ पोखरा भैरवले कवि श्रेष्ठलाई एकल कविता वाचनमा उभ्याएको हो । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा तीर्थका कविता सुन्न टिकट काटेरै पोखरेली कविता पारखी भेला भए । एकल कविता वाचनमा उभिएका तीर्थले झन्डै तीन दर्जन कविता, गीत र मुक्तक सुनाए ।

तीर्थले वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनद्वारा दुबोको माला र आर्शिवादबाट एकल कविता वाचन सुरु गरेका थिए । श्रेष्ठले पहिलो कविता कलाकार वात्स्यायनलाई नै समर्पित गरे । ‘भै गो दुर्गा दाइ’ शीर्षकको कविताबाट देशको कुरुप चित्र बोलेका तीर्थ कार्यक्रम अवधिभर प्राय देश र माटोकै चिन्ता पोखे । कविताबाट एकल वाचन थालेका कवि तीर्थले गीत हुँदै केही मुक्तक वाचनपछि फेरि कविता वाचनलाई जोडे ।

पृष्ठभूमि र रोचक ढंगले प्रसंग जोड्दै तीर्थले आम नेपाली जनताले भोगेको नियतिदेखि काठमाडौंप्रतिको धारणा पनि कवितामै बोले । सशत्र द्वन्द्वले दिएको घाउ र त्यसको पीडामा छट्पटाएका नेपालीको कता पनि कविताबाटै सुनाए । द्वन्द्व कालमा मारिएका मुक्तिनाथ अधिकारीको बिम्बलाई ‘मुक्तिनाथ’ शीर्षकको कवितामार्फत व्यक्त गरे । 

नाकाबन्दी गरेको छिमेकी सम्बोधन गर्दै कवि तीर्थले एकल कविता वाचनको बिट मारेका थिए । क्लबका अध्यक्ष गौतम बिजुक्छेले सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले सामाजिक तथा साहित्यिक क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर कार्यक्रम गरेको जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %