गायक राईको झम्के फुलि गितको म्युजिक भिडियो सार्वजनिक !

Read Time:1 Minute, 27 Second

शान्तिराज राई


Image may contain: 1 person, sunglasses, outdoor and nature

काठमाडौ, माघ ११ – गायक नारायण राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा लागेका गायक राईको नाकैमा झम्के फुली बोलको आधुनिक-पप नेपाली गीत सार्वजनिक भएको हो । गायक राईले यो भन्दा अगाडि यो जुनीमा, मेरो माया बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् ।

झम्के फुली बोलको गीतको म्युजिक भिडियो पनि बनेको छ । उक्त गीतको म्युजिक भिडियोमा रबिन शंकर र जिना थापाले अभिनय गरेका छन् भने, जीबी लामाले भिडियोलाई छायांकन गरेका हुन् । एरेन्ज बुद्ध स्याङ्गबाले गरेका हुन् भने, भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् । यो गीतको शब्द संगीत डम्वर हिङ्गमाङ्गको रहेको छ । 

युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :

 {youtube}https://youtu.be/-JMbUNI550Y{/youtube}

 अगाडिका गीत स्रोता दर्शकहरुले अत्यन्तै मन पराई दिएकोमा राईले खुशी हुदै यो गीत पनि मन पराई दिनेमा आफु विश्वस्त रहेको राईले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %