सिङ्गगिङ्ग, डान्सिङ्ग स्टार आईडियलको अडिसन राण्ड सम्पन्न !

Read Time:1 Minute, 45 Second

गोविन्द घर्ती

देवदह, माघ १० – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको डान्सिङ्ग आईडियल, सिङ्गगिङ्ग आईडल र मम्मी डान्सिङ्ग स्टार आईडियलको अडिसन राण्ड सम्पन्न भएको छ ।

डान्सिङ्ग आईडयलमा ३० जना, सिङ्गगिङ्ग आईडलमा २० जना र मम्मी डान्सिङ्ग स्टार आईडियलमा १३ जनाको सहभागिता रहेको थियो । जस मध्ये डान्सिङ्ग आईडियलमा १२ जना, सिङ्गगिङ्ग आईडलमा १२ जना र मम्मी डान्सिङ्ग स्टार आईडियलमा १२ जना प्रतियोगिहरु छनोट भएको छ । अडिसन राउण्डमा सिङ्गगिङ्गमा बसन्त श्रेष्ठ र डान्सिङ्गमा लोकेन्द्र शाहले निर्णायकको भूमिका निर्वाह गर्नु भएको सांस्कृतिक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिनु भयो ।

डान्सिङ्ग आईडल, सिङ्गगिङ्ग आईडल १४ गते देखि शुरु भई २३ गते फाईनल राउण्ड हुनेछ भने मम्मी डान्सिङ्ग आईडल स्टार १८ गते एकै दिनमा सम्पन्न हुने संयोजक अर्यालले बताउनु भयो । सांस्कृति उपसमितिका संयोजक तेजु अर्यालको अध्यक्षता र मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजेश पाण्डे लगायतको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %