कतारमा आदिवासी जनजाति महासंघले चित्रकारलाई गरे सम्मान !

Read Time:4 Minute, 7 Second

कृष्ण सारू मगर

Image may contain: 13 people, people smiling, people standing

कतार, जनवरी २३ – नेपाली प्रवासी आदिवासी जनजाति महासंघले विभिन्न मातृ संस्था तथा क्षेत्रीय संस्थाको समन्वयमा नेपाल देखि आएका आदिवासी जनजाति चित्रकारलाई महासंघका का.बा अध्यक्ष लिलम चिदि मगरको सभापतित्वमा दोहाको भुईयान रेष्टुरेन्टको सभाहलमा २२ जनवरी आईतबारका दिन भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

विषेश अतिथि शिलसा राजभण्डारी, मेख लिम्बू, डा. डिना बाङ्देल, डा. बिभाकर साक्य, महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी, संस्थापक सदस्य दिल किरण खजुम लिम्बू, सल्लाहकार सदस्य, चन्द्रशेर राई रहेका थिए ।

महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू गैर आवासीय नेपाली संघका महासचिव ईन्जिनियर नन्द प्र. गर्बुजा मगर स्थानीय पत्रकार विशिष्ट ब्याक्तित्वहरूले सहभागिता जनाएको समारोहमा चित्रकारको यो कला र प्रतिभाको परिचय संगै कतार र नेपाल राष्ट्र विच भातृत्व एकताले देशको गौरव बढाएकोमा वक्ताहरूले शुभकामना दिँदै चित्रकार हितमान गुरूङ, शिलसा राजभण्डारी, मेख लिम्बूलाई महासंघले सम्मान गरेको हो ।

सोही समारोहमा महासंघमा आवद्ध मातृ संस्था नेवा पु:च, किराँत याक्थुङ चुम्लुङ, तमु (गुरूङ) समाज रहेका छन् । धनकुटा सेवा समाज र तमु प्हेँ ल्हु संघले समन्वय गरेका प्रमुख तथा प्रतिनिधि वक्ताहरूले शुभकामना दिँदै आ-आफ्नो पहिचानको चिनारीलाई उपहार प्रदान गर्दै संघका अध्यक्ष, तथा विशिष्ट पदाधिकारीको सह्योगमा क्रमशः सम्मान पत्र प्रदान गरेका हुन् ।

अन्य मातृ संस्थाहरू नेपाल मगर संघ शाखा माझी सेवा समाज, नेपाल प्रवासी तामाङ सेवा समाज, भुजेल सेवा समाज, सुनुवार सेवा समाज, लगायत अन्य मातृ संस्थाले सम्मान गरेको छ ।

चित्रकार द्वय मेख लिम्बू र शिलसा राजभण्डारीले भनिन् डा. बाङ्देल, डा. शाक्य, एनआएन एनसीसी र महासंले यो वातावरण बनाएकोमा विषेश आभार प्रकट गरेकी छन् ।
कतारको ब्यस्त शहरमा विभिन्न मातृ संस्थाले दिएको मायाँ सम्मानले अगाडि बढ्न विभिन्न चुनौतीको सामना गर्न यो अमुल्य सम्मानले अझ प्रोत्साहित बनाएको बताए ।
महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवारको स्वागत तथा महासचिव शिव भुजेलको संचालनमा सम्पन्न भएको कार्यक्रमलाई संवोधन गर्दै विशेष अतिथि चौधरीले नेपाल आदिवासी जनजाति महासंघ द्वारा सम्वन्धन प्राप्त अमेरिका पछिको दोस्रोमा कतार रहेको अवगत गराउँदै संयुक्त राष्ट्र संघको घोषणापत्रमा उल्लेखित अन्तराष्ट्रिय मानवअधिकार ऐन को धारा-११ मा आदिवासी-जनजाति समुदायको संस्कार, संस्कृति, पहिचान मानिसको अस्तित्व जिवित राख्न सबै मातृ संस्थाले जोड दिनु पर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %