गोविन्द घर्ती
सुनवल – नवलपरासीको सुनवल–७, चारपालमा संचालन भएको खुल्ला नक आउट भलिवल प्रतियोगिताको उपाधी ढोलवजवाले जित्न सफल भएको छ ।
लाङघाली समुह शितलनगरलाई पराजित गर्दै ढोलवजवाले भलिवलको उपाधी जित्न सफल भएको हो । फाईनल खेलमा लाङघाली समुह शितलनगरलाई २५–१९, २६–२४ को सोझो सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएको हो । प्रतियोगिता अन्र्तगत ढोलबजवाले सेमिफाईनल खेलमा अस्नैयालाई र मगर समाजले वाग्लु स्र्पोटसलाई हराउदै फाईलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत अस्नैयाले वाग्लुङ्ग स्र्पोटसलाई हराउदै तेश्रो हुन सफल भएको छ । प्रतियोगिताको उपाधी जित्ने टिमले नगद २०, उपविजेताले नगद १० हजार र तेस्रो स्थान हुनेले नगद पाच हजार प्राप्त गरेको छ । लाङघाली समाज सुनवल–७, चारपालाले माघे संक्रान्तिको अवसरमा हरेक बर्ष भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।