सामुहिक नृत्यको उपाधि भुजुङलाई !

Read Time:1 Minute, 32 Second

मनोज घर्तिमगर


Image may contain: 16 people

पोखरा, माघ ९ – सिक्लेस माघे सक्रान्ति मेलामा पहिलो पटक आयोजित गाँउस्तरीय सामुहिक नृत्य प्रतियोगिताको उपाधी लमजुङ भुजुङ गाउँको लाली गुराँस युवा क्लवबले जितेको छ । सोमवार राती सिक्लेस पार्चे सामुदायिक भवनको खचाखच भरिएको सभामा आयोजित प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेको भुजुङले ४० हजार, ट्रफी, प्रमाणपत्र पुरस्कार पायो ।

खिलाङ गाउँ समुह दोश्रो हुदै ३० हजार, तेश्रो भएको ताङतिङ नृत्य समुह २० हजार र सान्त्वना घोषित याङ्जाकोट गाँउको नृत्य समुहले ५ हजारसहित ट्रफी, प्रमाणपत्र पुरस्कार पाए । प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशक भुजुङका निर्देशक कमल गुरुङ र उत्कृष्ट भेषभुषाको विजेता बन्दै निर्मलपोखरी गाँउ नृत्य समुहले जनही पाँच/पाँच हजार, ट्रफी र प्रमाणपत्र पुरसकार पाए । कर्णबहादुर गुरुङ, केसबहादुर गुरुङ र कृष्णकुमारी गुरुङ प्रतियोगिताको निर्णायक थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %