निलिमालाई मिसेस गण्डकीको ताज !

Read Time:2 Minute, 25 Second

मनोज घर्तीमगर


Image may contain: 3 people, people smiling

पोखरा, माघ ९ – बिवाहित महिलाहरुको सुन्दरी प्रतियोगिता ‘मिसेस गण्डकी २०१७’ को ताज गैह्रापाटनकी २५ बर्षिया निलिमा हिराचन श्रेण्ठले जितेकी छिन् । ताजसँगै निलिमाले मोस्ट फेन्डली र मोस्ट पपुलर अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । “प्रेम बिवाह वा मागी बिवाह मध्ये कुनलाई महत्व दिनु हुन्छ ?” भन्ने निर्णायकको अन्तिम प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै निलिमाले निर्णायक र दर्शकहरुको मन जितिन् ।

निलिमाले ११ जना प्रतिस्प्रर्धीहरू लाई पछि पार्दै एक लाख सत्तरी हजार रुपैयाँ बराबरको रोडियो स्कुटर र गीफ्ट भौचर पुरस्कार पाइन् । प्रतियोगितामा भावन महत फस्ट रनरअप, सरु बरुवाल भन्डारी सेकेण्ड रनरअप र जुना थापा पुन थर्ड रनरअप भए । उनीहरूले क्रमस क्राउनसंगै ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित आर्कषक गिपफ्ट ह्याम्पर पुरस्कार पाए । मिस नेपाल २००० एवं भिजे उषा खड्कीको कोरियोग्राफीमा भएको उक्त कार्यक्रममा दर्शक छनौट अवार्ड सीता गुरुङले जितिन् ।

बिवाहित महिलाहरुलाई आआफ्ना प्रतिभा देखाउन अवसर दिन, महिलाहरुको आफ्नो हक, अधिकार र कर्तब्यको बिषयमा नयाँ पुस्तालाई जानकारी गराएर सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक गोस्पेल मल्टीमिडियाका निर्देशक निरु पुनले बताइन् ।

प्रतिस्प्रर्धाको मुल्याङ्कनको लागी मिस नेपाल सुगारीका के.सी., फोटोग्राफर राजभाई सुवाल, फोटोग्राफर तथा डिजे ओम लामा, फोटोग्राफर अरुन गिरि र सौन्दर्यकर्मी सोनम गुरुङ रहेका निर्णायक थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %