कृष्ण सारू मगर

कतार, जनवरी २२ – “मगरहरूको एकता ! अहिलेको आवश्यकता !!” भन्ने नाराका नेपाल मगर संघ कतार शाखाले समाल स्थित पब्लिक गार्डेनमा २० जनवरी सुकरबारका दिन मगर समुदायको प्रमुख चार्ड “माघ्या सकराटी” (सार ल्हेस) साँस्कृतिक पर्व नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा अध्यक्ष लिलम चिदी मगरको प्रमुख अतिथ्यतामा सम्पन्न वनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको सभापतित्व संघका अध्यक्ष महेन्द्र थापा मगरले गरेका थिए ।
प्रथम शहिद लखन थापा मगर तथा ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौन धारणा पश्चात् औपचारिक कार्यक्रमलाई महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै २१ औं सताब्दीले भित्र्याएको विधुतिय प्रविधिको विकाश संगै लाईब्रेरीलाई अनुशरण गरी आर्थिक, समाजिक रूपान्तरणमा उपलब्धि हुने विश्लेषण सहित यसको महत्त्व र आवश्यकतामा जोड दिनुका साथै विविध विषयमा प्रष्टाउँदै कार्यक्रम संयोजक समेत रहेका संघका सचिव रविन थापा मगरले स्वागत मन्तब्य राखेका थिए ।

संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष सियाराम चौधरी, महासंघमा आवद्ध विभिन्न मातृसंस्थाका प्रमुख तथा प्रतिनिधि विशेष अतिथि थिए ।
विभिन्न धार्मिक, साँस्कृतिक, वैचारिक, साहित्यिक, संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, एवं संघको मातहतमा रहेका विभिन्न एरिया समितिका प्रमुख स्थानीय पत्रकार, बुद्धिजिवि, समाजसेवी, लगायत विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।
संघको मातहतमा रहेको साँस्कृतिक विभागका कलाकारले प्रतक्ष मगर साँस्कृतिक गीत तथा नृत्यले उपस्थित पाहुनागणमा भरपुर मनोरञ्जन गराएको सांस्कृतिक कार्यक्रमलाई ईशोरा मगर, आशा थापा मगर र डिएन मगरले संयुक्तरूपमा संचालन गरेका हुन् ।

मगर (बाङ) राजा छनौट प्रतियोगितालाई २००८ देखि निरन्तरता दिँदै आएको दौड प्रतियोगितामा रोल्पाका प्रकाश रोका मगरले द्धितिय मै चित्त बुझाउनु पर्यो । झण्डै डेढ दर्जनले सहभागीता जनाएको दौडमा प्रथम भएका रेशम आले मगरलाई २०१७/१८ एक वर्ष कार्यकालका लागि संघले मगर (बाङ) राजा बनाएको हो । सनैया एरिया समितिका सचिव समेत रहेका आले मगर कुसुन्डे -४ बक्राङ गोरखाका हुन् ।
तेह्र जनाले भाग लिएको घैटो फोर खेलमा जोगी डाँडा उदयपुरकी शर्मिला बस्नेत भएकी छन् । डोरी तान्ने खेलमा सात टिमले भाग लिएका अल्फाबेटको समुहले हात पारेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती चिदि मगरले आदिमकाल देखी नेपाली भुमिपुत्र आदिवासी-जनजाति समुदायहरूले आ-आफ्नो परम्परागत संस्कार संस्कृति विशेषता अनुसार मनाउने भएकोले राष्ट्रिय पर्वको रूपमा सार्वजनिक विदा पाएका हुन् । मगरहरूका (बाँङ) राजा आले मगरलाई फेटा लगाएर बधाई दिए । यसै गरी विभिन्न विधाका विजयी खेलाडीहरूलाई प्रमुख अतिथी, विशिष्ट अतिथी, खेलकुद संयोजक र सभाध्यक्षको सह्योगमा संघले क्रमशः प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेको छ ।
