कृष्ण सारू मगर
बहराईन, जनवरी २१ – “इतिहास, भाषा, संस्कृति, संरक्षण-सम्वर्द्धन मगरहरुको मुलमन्त्र ! जातिय पहिचान र स्वयत्त शासन सहितको सङ्घिय लोकतन्त्रीक गणतन्त्र !” भन्ने मुल नाराका साथ, नेपाल मगर संघ बहराइनले नेपाली राजदुताबासका महामहिम का.बा.राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष श्याम पुन मगरको सभापतित्वमा माघे सकराटी तथा छैठौं महादिवेशन संपन्न गरेको छ ।
मानमा स्थित फुड सिटि सेन्टरको हलमा सम्पन्न मातृभाषामा स्वागत गीतलाई संघकी साँस्कृतिक सचिव सरिता दर्लामी मगर, सहसचिव नीर राना मगर, तेजेन्द्र थापा मगर र कृष्ण ब. खाम्चा मगरले सामुहिक प्रस्तुती दिए ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष अशिम महत, विश्व बिनोद, सरिता दर्लामी मगर र नीर बिरही राना मगरको प्रतक्ष लोक तथा दोहोरी गीत प्रस्तुतिले उपस्थित पाहुनागणमा उत्साहित मनोरञ्जनात्मक कार्यक्रमलाई गायक रेशम पुर्जा मगर, चन्द्र सेलिङ लिम्बू र विभिन्न विधाका कलाकारले साथ दिएका थिए । साँस्कृतिक सचिव कृष्ण ब. खाम्चा मगरले संचालन गरेका हुन् ।
नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष समेत रहेका संघका संस्थापक तथा प्रमुख सल्लाहकार काजी थापा मगर, महासंघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र तमु गुरूङ, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेत, वरिष्ठ समाजसेवी गम ब. गुरुङ ब्यावसायी तथा समाजसेवी दुर्गा गिरी विशेष अतिथि रहेका थिए । महासंघमा आवद्ध विभिन्न मातृसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, जनवर्गीय, धार्मिक, साँस्कृतिक, संघ संगठनका प्रमुख तथा प्रतिनिधि, एवं स्थानीय पत्रकार, विशिष्ट ब्याक्तित्व हरूलाई अतिथि ग्रहण गराएको थियो ।
गएको वर्ष १२ सेप्टेम्बरका दिन मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईदमा सम्पन्न “हाम्रो साँस्कृतिक धमाका २०१६” को सह्योगीहरू सबैलाई विशेष धन्यवाद सहित संघले प्रमुख अतिथि, बिशेष अतिथिको सह्योगमा मोमेन्टो, तथा कदरपत्रलाई प्रदान गर्दै सम्मान गरेको हो ।
म्याग्दी उद्धार समितिका अध्यक्ष तेजेन्द्र थापा, भक्त सिकिजा पुन मगर, विशेष अतिथि गुरुङ, लगायतका वक्ताहरूले छैठौं अधिवेशनको नेतृत्वलाई अग्रिम बधाई तथा शुभकामना दिए । प्रमुख अतिथि पाण्डेले संस्कार संस्कृतिको संरक्षण-संवर्द्धन गर्दै आएका हाम्रो नेपाली समाजले मौलिक तथा साँस्कृतिक राष्ट्रिय पर्वको महत्त्व नै नेपालीको पहिचान भएको बताए । उहाँले थप्दै भन्नू भयो, यसरी नै एकजुट भए जस्तोसुकै समस्याको पनि समाधान हुने बताउँदै शुभकामना दिए ।
संघको अध्यक्षमा निरन्तरता पाएका श्याम पुन मगरलाई सर्वसम्मतले पारित गरेका हुन् । छैठौं अधिवेसनले ७ जना सल्लाहाकार समिति चयन गर्दै सहित २८ पुर्याएका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष जित ब. घर्ती मगरको स्वागत तथा महासचिव ज्ञान ब. मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।