नेशनल प्याब्सन रुपन्देहीद्धारा आयोजित छैठौँ सप्ताह खेलमा देवदहलाई स्वर्ण उपाधी !

Read Time:4 Minute, 38 Second

गोविन्द घर्ती


देवदह, माघ ८ – नेशनल प्याब्सन रुपन्देहीद्धारा आयोजित छैठौँ खेल सप्ताह–२०७३ को उपाधी देवदह ईङलिस बोडिङ्ग स्कुल देवदहले हात पारेको छ ।

देवदह बोडिङ्ग स्कुलले ९६ अंकका साथ उपाधी जित्न सफल भएको हो । त्यसैगरी प्रतियोगितको दोश्रो स्थान ७५ अंकका साथ सगरमाथा आवासी उच्च मावि हुन सफल भएको छ । प्रतियोगितमा मिसन माउण्ट एकेडेमी बुटवल ७० अंकका साथ तृतिय स्थान गरेको छ भने स्कर्लसहोम बोडिङ्ग स्कुल बुटवल ५२ अंकका साथ सान्त्वना भएको छ ।

त्यसैगरी छात्र तर्फ भएको भलिवल प्रतियोगिताको उपाधी एक्सेस बोडिङ्ग बुटवलले जित्न सफल भएको छ । फाईनल खेलमा कोलिय बोडिङ्ग स्कुल चरङ्गेलाई २५–१५, २५–२२ को सोझो सेटमा पराजित गर्दै एक्सेस बोडिङ्ग स्कलुले उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा कोलिय बोडिङ्ग स्कुल चरेङ्गे द्धितिय हुन भएको छ । सेमीफाईलन खेलमा एक्सेस बोडिङ्ग स्कुल बुटवलले न्यू नमुना बोडिङ्ग स्कुल भलुहीलाई र कोलिय बोडिङ्ग स्कुल चरेङ्गेले ग्यालेक्सी बोडिङ्ग स्कुल बुटवललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको तेश्रो स्थान ग्यालेक्सी बोडिङ्ग स्कुल बुटवलले हात पारेको छ । ग्यालेक्सी बोडिङ्ग स्कुलले न्यू नमुना बोडिङ्ग स्कुललाई २५–१२, २५–१५ को सोझो सेटमा हराउदै उपाधी जित्न सफल भएको हो । प्रतियोगिता अन्र्तगत छात्रा तर्फको भलिवलमा एक्सेस बोडिङ्ग स्कुल बुटवल प्रथम हुन सफल भएको छ । प्रतियोगितामा न्यू नमुना बोडिङ्ग स्कुल भलुही द्धितिय र सगरमाथा आवासीय उच्च मावि शितलनगर तृतिय भएको छ । प्रतियोगितामा एन प्यासन रुपन्देहीमा आवद्ध १८ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले वालवालिकाको सर्वाङ्गिण विकासको लागि खुलकुदले महत्पूर्ण भूमिका खेल्ने बताउनु भयो । अधिकारी थापाले देशको लागि खेलाडी उत्पादन गर्ने प्रमुख थलो भनेको विद्यालय नै भएकोले यस्ता अतिरिक्त प्रतियोगिताले राष्ट्रका खेलाडी उत्पादन हुनेमा जोड दिनु भयो । उहाले विद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरुले आफुमा भएको क्षमतालाई प्रस्फुटन गर्न खेल प्रतियोगिताहरुले मद्दत गर्ने बताउनु भयो । थापाले शिक्षा संगै विद्यार्थीहरुलाई खेलकुदको पनि आवश्यक हुने भएकोले बेला बेलामा यस्ता अतिरिक्त प्रतियोगिताको आयोजना गर्नु पर्नेमा जोड दिनु भयो ।


Image may contain: 9 people, outdoor

सोही अवसरमा बोल्दै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षाको पठन पाठन संगै खेलकुदको माध्यमबाट विद्यार्थीहरुलाई अगाडि बढाउन सकिनेमा जोड दिनु भयो । एन प्याव्सन रुपन्देहीका जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद संयोजक विष्णुप्रसाद पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।


एन प्याव्सन रुपन्देहीका उपाध्यक्ष देउप्रकाश राईको स्वागत र होमनाथ ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %