अन्तराष्ट्रिय साँस्कृतिक परिवारको नेतृत्वमा क्षितिज

Read Time:4 Minute, 10 Second

कृष्ण सारू मगर

दोहा कतार, १७ जनवरी “कलाकारलाई सम्मान गरौ ! कला र संस्कृतिको जगेर्ना गरौँ !!” भन्ने लक्षका साथ अन्तराष्ट्रिय साँस्कृतिक परिवारले नयाँ शक्तिका कतार संयोजक बिबी खरालको प्रमुख आतिथ्यतामा विविध सास्कृतिक धमाका २०१७ तथा महाधिवेशनलाई दोहाको अल भुईयान रेष्टुरेन्ट स्थित गएको ६ जनवरी सुक्रबारका दिन भब्य सम्पन्न गरेको छ ।

क्षितिज किरण गैरेको अध्यक्षतामा गठन भएको दुई सल्लाहकार सदस्य सहित विभिन्न विभागीय कार्यसमिति चयन भएका छन् ।
संयोजक-क्षितिज किरण गैरे, सह-सम्योजक सन्जय बर्दैवा, कोषाध्यक्ष-मिमल ओली, सह-कोषाध्यक्ष-पुर्णिमा मगर, सचिव- लंक दर्नाल, सह-सचिव- बिनिता केसी, अनुशासनमा ईन्दल यादबलाई सर्वसम्मतले चयन गरेका हुन् ।

सदस्यहरु क्रमशः कृष्ण बाबु छिन्त्याल, जिबन बिसी, भगवता बस्याल, युवराज पाण्डे, होम बिसी, सृजना बस्याल, अर्जुन पासवान, रितु मगर, दिपेन्द्र सुनार, सारुख सुन्दास, तबिता गजमेर, तुल ब हादुर परियार, गित परियार, महोम्मद ईसाम, राजिब सल्यानी, सन्दिप आचार्य, कृष्ण बिसी, अनिल परियार, सरोज बिसी, गृस एन्जेल कार्की, ओम रसाईली र कैलास मगर रहेका छन् ।
यसै गरि कृष्ण परियारलाई प्रमुख सल्लाहकार र अक जिम्बालाई सल्लाहकार समितिमा मनोनयन भएका छन् ।

गैर आवासीय नेपाली संघ, मितेरी फिल्मस प्रालि, आईबोस प्रालि, नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका प्रमुख तथा प्रतिनिधिहरू विशिष्ट अतिथि रहेका थिए । विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न जातीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय पत्रकारहरू लगायत गीत, संगीत पारखीको उल्लेखनीय सहभागिता जनाएको समारोहमा प्रमुख अतिथि खरालले बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

नेपाली राष्ट्रिय झण्डा सहित सगरमाथा र बुद्धको देश नेपाललाई चिनाउने लक्ष लिएर विश्व साईकल यात्राको क्रममा १३५ औं राष्ट्र कतार प्रवेश गरेका जनार्दन खनाल र एल.बी कार्कीलाई प्रमुख अतिथि बिबी खरालको सह्योगमा सभापति गैरेले यात्री द्वयलाई प्रशंसा पत्र सहित आर्थिक सह्योग हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा अन्य विभिन्न विधाका कलाकहरूलाई पनि सम्मान गरेको संयोजक क्षितिज किरण गैरेले बताए ।

उपस्थित अतिथिगण, गीत संगीत पारखीहरूको उल्लेखनीय सहभागिता जनाएको कार्यक्रमलाई सभ्य र भब्य सम्पन्न गराउन अन्तराष्ट्रिय सास्कृतिक परिवारका दुई दर्जन भन्दा बढी विभिन्न विधाका कलाकारले आ-आफ्नो प्रस्तुतिले भरपुर मनोरञ्जन गराएका थिए ।

उपसंयोजक सन्जय बर्दैवाको स्वागत तथा अनिल परियारको संचालनमा सम्पन्न, कार्यक्रमका सभापति क्षितिज किरण गैरेले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %