मगर जातिको राष्ट्रिय पर्ब मगर माघे सक्रान्ति

Read Time:1 Minute, 56 Second

बम सुर्यबंसी

नेपाल मगर संघ र बिश्व भरी छरिएर रहेका मगर संघ सस्थाहरुले मगरहरुको प्रमुख पर्व मगर माघे सक्रान्ति चाड २०७३ संसारभरी अति नै भव्यताका साथ मनाएका छन । मगरहरु आफ्नो संस्कृति परम्परा धान्ने मामिलामा अति नै मनोरंजन प्रेमी हुन्छन् । त्यसर्थ बेलायत अधिराज्य भरी छरिएर रहेका मगरहरुले पनि बिभिन्न शाखाहरुमा मगरहरुको राष्ट्रिय पर्ब अति नै मनोरंजनत्मक रुपमा धूमधाम संग मनाएका छन ।
माघे सक्रान्तिलाई मगर जातिमा पितृ चाडको रुपमा मनाउने गर्दछन । बाबा, आमा नहुने छोराहरुले यो दिन पिण्ड चढाउने गर्दछन । पधेरा या खोलामा गएर एक मुट्ठी चामल, एक मुट्ठी मासको दाल र अदुवा पितृ लाई चढाउने गर्दछन । अथवा यो मगरहरुको प्रमुख चाडमा पितृहरुलाई सम्झेर चामल मासको दाल र अदुवा अर्पण गरेर पूजा गरिन्छ ।
अतुलनिय योगदानलाई मूल्याङ्कन गरेर मगर समुदायको सर्वमान्य पितृ नेपालका पहिलो सहीद लखन थापा मगर र नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगरलाई सामूहिक रुपमा पूजा गरेर मगर जातिको राष्ट्रिय पर्ब माघे सक्रान्ति अति नै भव्यताका साथ मनाउने गर्छन । यो दिनमा कंदमूल तरुल फलफूल खानाले शुभ हुन्छ भन्ने बिस्वाश मगरहरुमा भएकोले यो दिन तरुल घुमाउने रोटी र बारा (बटुक) खाने गर्दछन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %