सन्जय सिंजाली मगर
कठमाण्डौ, माघ १ हिजो नेपाल एकिकरण देखि लिएर एकतन्त्रिय राणा साशन होस वा तानाशाही ३० बर्षिय पञ्चायती शासन ब्याबस्था होस वा दश बर्षे माओबादी जनयुद्धमा होस या ६२/६३को जनआन्दोलनमा होस मगरहरुले यो देशमा ठुलो लगानी भएकोले म मुक्त कण्ठले मगरहरुको योगदानको कदर गर्दछु उपराष्ट्रपति नन्द बहादुर पुन मगरले बताए ।
{youtube}https://youtu.be/g_UJ240DawU{/youtube}
पुनले थपे सबै राजनैतिक दलहरु मिलेर राजनितिको गांठो फुकाई आगामी २०७४ माघ भित्रमा सबै तहको निर्बाचन गर्न समेत आग्रह गरे ।
नेपाल मगर संघले मनाएको २०७३ सालको माधेसक्रान्तिमा प्रमुख अतिथिको आसन बाट उक्त कुरा बताएका हुन । थारु कल्याण समाजले टुडीखेलमा माधी र नेपाल मगर संघले माधेसक्रान्ति खुलामञ्मा मनाएको हो ।
कार्यक्रममा पुर्ब मन्त्रि,सांसदहरु,पुर्ब अध्यक्ष तथा पदाधिकारी र बिभिन्न संघ सस्थाका अध्यक्षहरुले मञ्च र माईक बाट मगरहरुलाई माघेसक्रान्तिको अवसरमा शुभकामना दिएका थिए ।
नेपाल मगर सास्कृतिक संघका मगर कलाकारहरुले कार्यक्रम भरि रोचक प्रस्तुती पस्केका थिए । दशौ हजार मगरको उपस्थितिले गर्दा खला मञ्चमा रहेको आर्को सीन्दुली महत्सव प्रभावित भएको थियो भने खुला मञ्चमा खुट्टा राख्ने ठाउ समेत थिएन ।
मञ्च देखी मैदान सम्म माघेसक्रातीमा मगरहरुले यसरी मननोरञ्जन लिए{youtube}https://youtu.be/7j1IkNrneDY{/youtube}
माघे सक्राती मनाउन मगरहरुलाई सरकारले प्रतेक बर्ष छ लाख रुपैया दिदै आई रहेको छ ।
कार्यक्रममा हालै न्याय परिषद्ले उच्च अदालतका लागी चन्द्र बहादुर सारु मगर र नेपाल मगर संघका पुर्ब महासचिब समेत रहेका राम बहादुर थापा मगर न्यायाधीसमा नियुक्तिका लागी सिफरिस भएकोमा संघले सम्मान गरेको थियो ।
नेपाल मगर संघ द्धवारा सम्मान हुनेमा नेपाल सरकारको बिमा सस्थानका महाप्रबन्धक शुरेन्द्र थापा मगर र दुई मगर महिला सहित दुई दर्जन जति मगरहरु नेपाल सरकारको नायब सुब्बामा नियुक्ति भएकोमा बधाई तथा सम्मान गरिएको थियो । साथै जिवन र जोयालाई पनि नेपाली तथा मगर बुहारी भएको अवसरमा सम्मान गरिएको थियो ।
महासचिब ज्ञानेन्द्र पुन मगरको सन्चालनमा संघका अध्यक्ष नबिन रोका मगरले अध्यक्षता गरेका थिए ।
{facebook}1163884366994423{/facebook}
फोटो:हुबिमगर
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस
मगरको मक्कर सक्राती २०७३ को फोटो झलक.
