१५ औं आहा रारा गोल्ड कपमा तीन विदेशी सहित १२ टिमको सहभागिता !

Read Time:4 Minute, 17 Second

मनोज घर्तीमगर


Image may contain: text

 

पोखरा, पौष २८ – पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ ।

सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन टिम सहितको नेपालका चर्चीत क्लवहरुको गरी १२ टिमको सहभागिता हुने भएको क्लवले जनाएको छ । प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए पि एफ कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, युनाईटेड सिक्किम फुटबल क्लब, भारत, सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी, रमपम झापा–११ फुटबल क्लब, फ्राशगञ्ज एस सि, बंगलादेश , ए एन ए यू एस ए फुटबल टिम र आयोजक सहारा क्लब पोखरा सहभागि हुने पक्का भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

“प्रतियोगितामा सहभागि हुने टिममा नेपालका चर्चीत क्लव मात्र नभई पुर्वपश्चिम देखि भारत, बंगलादेश हुदै अमेरीकासम्मको टिमलाई सहभागि गराउदैछौं, यस बर्ष फुटवल प्रमिहरुलाई थप रौनक हुने हामीले अपेक्षा गरेका छौं” अध्यक्ष आचार्यले भने । केहि दिन पछि खेल तालिका सार्वजनीक गरीने बताएका अध्यक्ष आचार्यले माघ एक गते साईकल सिटी पोखरा र साईकिलिङ्ग संघ, कास्कीको विशेष सहयोगमा पोखरा क्षेत्रमा साईकल र्याली हुने बताए । त्यसैगरी आन्तरीक रुपमा खेल मैदान मर्मत सम्हार तथा रंगरोगन लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव केशवराज बरालले बताए । खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ ।

वेष्ट अफ फाईभ प्रायोजन पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा , अफिसियल वाटर ईको पानी अफिसियल एयर लाईन्स बुद्ध एयर, सर्वोकृष्ट खेलाडी पुरस्कार हिरो डयास स्कुटर, याटस एल.जि.टि.भी.को सहयोग,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद विकास समिति/अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति कास्की/एन्फा,कास्की/सहारा यु.के./सहारा हङ्गकङ्ग/सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको हो । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %