मनोज घर्तीमगर
पोखरा, पौष २८ – हेवन म्याट्रेस मिस गण्डकी सिजन तिनको ताज पोखरा रानीपौवाकी १८ वर्षिया ज्योती राईको शिरमा परेको छ ।
१८ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज आफ्नो पोल्टामा पारिन् । चाँदीको ताजसँगै ज्योतीले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार पाइन् । ज्योतीले ‘बेस्ट स्माईल’ टाईटल अवार्ड समेत जितिन् ।
प्रतियोगितामा सैलताज कुँवर फस्ट रनरअप भईन् । उनले मोस्ट इन्टेलिजेन्ट र मोस्ट पपुलर सबटाइटल पनि जितिन् । सैलताजले पचास हजार रुपैयाँ बराबरको पुरस्कार पाइन् । श्रृष्टी आर्चायले सेकेन्ड रनरअप सँगै बेस्ट कम्प्लेक्सन टाईटल जितिन् भने सपना अधिकारी थर्ड रनरअपको टाईटलसँगै भ्युअर च्वाईस र मोस्ट पङ्चुअल अवार्ड जितिन् । सेकेन्ड रनरअप श्रृष्टीले पच्चीस हजार रुपैयाँ पाइन् गरिन् । त्यस्तै थर्ड रनरअप सपनाले हेवन म्याट्रेसको तर्फबाट ‘स्पेशल गिफ्ट ह्याम्पर’ पाइन् ।
१८ प्रतिस्र्पर्धीबाट प्रथम चरणमा उत्कृष्ट १२, दोस्रो चरणमा उत्कृष्ट ६ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । रियल ईभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा भएको मिस गण्डकी सिजन तीनमा अन्य विभिन्न २१ वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो ।
फिनालेको निर्णायकमा पाईलट तथा कलाकार बिजय लामा, मिस नेपाल २००० एवं भिजे उषा खड्की, गायक कर्णदास, प्रमोटर्स नेपालका सिईओ तथा सञ्चारकर्मी जीपी तिमल्सिना, पोखरा लिङ्कन इन्टरनेशनल कलेजकी फाउन्डर प्रिन्सीपल पम्फा गुरुङ, मदरल्यान्ड उच्च मा.बि.का फाउन्डर डाईरेक्टर त्रिभुवन शर्मा, चर्चित गायक तथा संगितकार बिनोद बानिया, अफिसियल फोटोग्राफर एवं एस.टु. प्रोडक्शनका सञ्चालक सुरज श्रेण्ठ थिए ।