कतारमा तमू समुदायको (म्रुर) राजा रबिन तमू भए छनौट !

Read Time:6 Minute, 17 Second

कृष्ण सारू मगर


Image may contain: 9 people, people on stage, people standing and indoor

कतार, जनवरी १२ – तमू (गुरुङ) समुदायको महान पर्व “च्या ल्हो” चरा वर्गको अवसरमा गैर आवासीय नेपाली संघ मध्यपुर्वका सह-संयोजक समेत रहेका उमेश अधिकारीको प्रमुख आतिथ्यतामा गएको ३० डिसेम्वर शुक्रवारका दिन तमू (गुरुङ) समाजले तमू तथा गैर तमूहरुको बृहत उपस्थितिमा तमु ल्होसार राष्ट्रिय पर्वलाई विशेष कार्यक्रम गरि मनाएको छ ।

कतारमा स्थापित विभिन्न जनवर्गीय संगठन, क्षेत्रीय, धार्मिक, तथा साँस्कृतिक एवं साहित्यिक, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार, एवं विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको समारोहमा “च्या ल्हो” वर्षमा प्रवेश तमुहरुलाई चिवा खडग तमूले (रिपा) लगाई सु:ख, शान्तिको समृद्धिको कामना गरेका थिए ।

मातृ संस्थाहरुको प्रतिनित्व गर्दै प्रवासी भुजेल सेवा समाजका महासचिव शिवकुमार भुजेल, कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना मगर,  समाजसेवी बिमल सुवेदी, नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष गणेश बञ्जाडे, गैर आवासीय नेपाली संघका अध्यक्ष बिनेश तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, र प्रमुख अतिथि अधिकारी लगायतले तमू समुदायहरुको मौलिक साँस्कृतिक पर्व “च्या ल्हो” ले सबैमा सु:ख, शान्ति, समृद्धि एवं चिरायुको कामना सहित वक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

नवोदित साहित्यिक वाचनालयका उपाध्यक्ष ईश्वर शाही र अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष तिर्थ संगम राईले कविता वाचन गरी ल्होसारको शुभकामना दिए ।

विशिष्ट अतिथिमा समाजका संरक्षक द्वय राम ब. तमू र बुधबल तमू, रहेका थिए । विशेष अतिथि कृष्ण ब.तमू, एनआरएनए आईसीसी हंशराज ढकाल क्षेत्री, एनसीसीका अध्यक्ष विनेश तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष गणेश बन्जाडे लगायत महासंघमा आवद्ध मातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष भविराज तमू, मदन तमू, सुर्य तमू, केशरसिँ तमू, शोभा घले तमूस्यो विशिष्ट ब्याक्तित्वलाई अतिथ्यता जनाएको ल्होसारका प्रमुख अतिथि अधिकारीलाई तमू समुदायको अस्तित्व र मौलिक पहिचानको पोषाक क्रेगि र र्हेङा (भाङग्रा) लगाई समाजका संरक्षक बिल ब.तमूले (फेटा) लगाई दिएका थिए ।


Image may contain: 31 people, people smiling, people standing and indoor

परम्परागत ईतिहासको संरक्षण संवर्द्धन प्रतिको विशेष महत्त्व बोकेको तमू समुदायको राजा छनौट (म्रुर) चुन्ने प्रचलनको छेलो खेललाई विशेष महत्व मानिन्छ । सोही अन्तर्गत तमू समाजले छेलो प्रतियोगिताको निरन्तरता दिएका हुन् । गएको २३ डिसेम्वरका दिन छेलो आयोजना गरिएको उक्त प्रतियोगितामा तनहु“ फिरफिरे ५ बराहडाका रविन तमूले यस वर्षको सर्वोकृष्ट भै तमू म्रु (राजा) हुन सफल भएका छन् । द्धितियमा चित्त बुझाएका फलेनी ५ माझ खर्क लम्जुङका अशोक तमू द्वय प्रतियोगीलाई प्रमुख अतिथि, विशेष अतिथि र सभाध्यक्षको सह्योगमा कप तथा क्रेगि र प्रमाणपत्र प्रदान गरि समाजले सम्मान गरेका हुन् ।

स्थापना कालदेखि समाजलाई विभिन्न समयमा योगदान पुर्‍याउने सुर्य तमू र सुरेश तमू, गुजमान तमू, सुरज तमू, मोहन सुनार, धिरज जंग शाही, जीवन तमू, राम परियार, सचिन क्षेत्री, राजु थापा, निर आले मगर, कृष्ण लामिछाने, प्रविण तमू, राजु तमू, सुर्य थापा र  मोहन ब. तमूलाई क्रेगि र प्रमाणपत्र प्रदान गरी विशेष सम्मान गरेको छ । त्यसै गरि सांस्कृतिक परिवारकी पुष्पा तमूस्यो तमूले क्रमु (पछ्यौरी) र प्रमाणपत्र सहित विशेष सम्मान पाएकी छन् ।

समाजकको निमन्त्रणामा आएकी राष्ट्रिय कलाकार मौशमी गुरुङ, देविका केसी गुरुङ र नायिका रिया गुरुङको विशेष प्रस्तुतिले दर्शक दिर्घमा उत्साहित कार्यक्रमलाई २०१४ की गैर आवासीय नेपाली नृत्य तारा अन्जना तामाङ र मिना मगर लगायत स्थानिय कलाकारको प्रस्तुतिले साथ दिएको सांस्कृतिक कार्यक्रम लाई समाजका सचिव तेज तमूले सञ्चालन गरेका थिए ।

प्रथम उपाध्यक्ष रस (शिव) तमूको स्वागत तथा महासचिव खुशीमान तमूको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष खेम तमूले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %