संविधान संशोधन होइन पुनः लखन गर्नु पर्छः राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी !

Read Time:2 Minute, 38 Second

गोविन्द घर्ती

 देवदह, पौष २५ – संविधान संशोधन होइन पुनः लखन गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताउनु भएको छ ।

उहाले अहिलेको संविधानले आम नेपाली नागरिकको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै पुनः लेखन गर्नुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय युवा मोर्चा रुपन्देहीले तिलोत्तमाको शंकरनगरमा आयोजित भेटघाट तथा जलपान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । महासचिव सूर्यवंशीले राष्ट्रिय समस्या समाधान गर्न बृहत्त राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिदै राष्ट्रिय सहमतिको लागि ठूला राजनैतिक दलहरुले पहल गर्नु पर्ने बताउनु भयो ।

अहिलेको सरकारले स्थानीय निकायको निर्वाचनको कुरा भएपनि निर्वाचनका विधेयकहरु अहिले सम्म स्पष्ट रुपमा नआएको बताउनु भयो । उहाले पार्टी अहिले संगठन विस्तारलाई वित्रता दिईरहेको बताउदै आगामी दिनमा पार्टीलाई गतिशिल बनाउन विश्व जनमुक्ति सम्मेलनको तयारीमा रहेको बताउनु भयो । उहाले राज्यले युवाहरुलाई स्वरोगार बनाउन नसक्दा विदेशिन युवाहरु वाध्य भएको बताउनु भयो ।

युवा मोर्चाका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य हरिदेव थापा, लुम्विनी राज्य परिषदका कार्यवहाक अध्यक्ष धनी आले, पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष बिमला गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा युवा मोर्चाले संचालन गरेको देउसी भैलो कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

मोर्चाका उपाध्यक्ष दुर्गा राजकोटीको स्वागत र सचिव पहल सिंह रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %