नेपाली कथा बस्तुमा आधारित चलचित्र प्रतिबिम्ब यूट्युब्मा सार्वजनिक ।

Read Time:3 Minute, 27 Second

राज्यसत्ता ,

नेपाली कथा बस्तुमा आधारित चलचित्र प्रतिबिम्ब यूट्युब्मा सार्वजनिक भएको छ ।बहुचर्चित एतिहासिक फिल्म सिमारेखा लगायतका दर्जानौ फिल्म निर्देशन गरी सकेका किशोर राना मगरको निर्देशनमा बनेको प्रतिबिम्ब फिल्म मगर समुदायको रितीरिवाज ,सन्स्कृतिमा आधारित रहेको छ ।


बिदेशी फिल्म बिशेष गरी हिन्दी चलचित्रको झल्को दिने नेपाली फिल्म चल्न छोडे पछी नेपाली कथा बस्तुमै आधारित भएर नेपाली फिल्म बनाउने लहड चलेको छ र सफल पनि भई रहेका छन कारण ती फिल्महरुमा दर्शकले काल्पनिक भन्दा यथर्था परक आफ्नै सन्स्क्रिती ,आ- आफ्न भोगाई ,रस रङ , गाउ वस्तिको झल्को पाएको अंकलन गर्न सकिन्छ ।

हिन्दी मात्र नभएर अङ्रेजी देखी कोरियन फिल्मका कथा वस्तु हुँ-बहु चोरेर फिल्म बनाउने प्रचलनमा अहिले केही कमी आएको पाईन्छ । नेपालकै बिबिध समुदायको सन्स्कार , सन्स्क्रिती ,परम्परा ,व्यवसायमा आधारित फिल्मले अहिले मार्केट लिई रहेको छ ।बिभिन्न जाती समुदायको भाषामा निर्मित चलचित्र पनि धमाधम निर्माण भईरहेका छन भने ती समुदायको परम्परामा आधारित नेपाली भाषाका फिल्महरु पनि बन्न थालेका छन जसको पछील्लो उधाहरण हो प्रतिबिम्ब । मगर समुदायमा प्रचलित लाहुरे परम्परा त्यो समुद्यामा लाहुरेको महत्वो सन्स्क्रिती ,जाड रक्सी ,अन्धविश्वास आदी इत्यादी बारे जनचेतना ,शिक्षाको महत्वो आदी बारे सन्देश दिन खोजिएको छ ।

मुख्य कलाकारहरु नयाँ अनुहारका देखिन्छन । बिक्रमको भूमिका निभाएका गायक संगीतकार कुमार राना मगरको अभिनय जीवन्त छ भने अर्का गायक मन्सुधन थापाले पनि अंमरेको भूमिका राम्रै निभएका छन अझै मिहनेत गर्ने ठाउँ छ ,उक्त फिल्म कि नायिका पवित्रा सारुको अभिनय राम्रो छ अझा सुधार गर्नु पर्ने देखिन्छ । मिस मगर हङ कङ कमला पुनले प्रस्तुतीमा अझ सुधार गर्नु पर्ने देखिन्छ ।अन्य कलाकारहरुमा श्याम राइ ,नीर आले ,चन्द्र ज्योती आले ,शान्ती राना आदीको अभिनय रहेको छ ।

राजकुमार बगरको कथा रहेको उक्त फिल्ममा बगरले उत्कृष्ट गीत, संगीत पस्केका छन । संगिता राना ,हेमन्त राना ,नवराज थापा ,याम बहादुर पुलामीको गायन रहेको छ ।यो फिल्म उप्लोड भएको ५ दिनमै १ लाख पच्चीस हजार भन्दा धेरै पटक हेरिएको छ भने सयौ कमेन्ट लेखिएका छन ।

{youtube}https://youtu.be/EbX-qRi21yY{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %