बहराईनमा तमु समाजले च्या ल्हो पर्व भब्य मनाए

Read Time:4 Minute, 49 Second

कृष्ण सारु मगर

मानमा-बहराईन, २ जनवरी “प्ये म्हस्याँ क्ष्या म्हमु, क्ष्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँम्हि म्हमु” भन्ने मुल उद्धेश्यका साथ बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेश्नल होटलको प्राङ्गणमा गुरूङ समुदायहरूको महान पर्व १५ पौष नेपाली राजदुतावासका श्रम सहचारी जगदिशचन्द्र शिवाकोटीको प्रमुख अतिथ्यतामा तमु ल्होसार राष्ट्रिय पर्वलाई विविध साँस्कृतिक कार्यक्रम गरि भब्य मनाए ।

शास्त्र हराए संस्कार हराउँछ ! संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान, अधिकार, अस्तित्व र महत्त्व सुनिश्चित भए मात्रै राष्ट्रिय एकता बलियो हुने धारण राख्दै “च्या ल्हो” मा प्रवेश गरेका तमुहरूलाई १५ पौष राष्ट्रिय पर्व तमु ल्होसारको वक्ताहरूले शुभकामना दिए ।

समाजका राजित तमु र दिपक गुरूङले संयुक्त रूपमा संचालित सांस्कृतिक कार्यक्रममा तेस्रो मुलुक बिङ्गो ग्रुपका बाल कलाकारको समेत प्रस्तुति रहेको थियो ।

ल्होसारमा आदिवासी जनजाति महासंघमा आवद्ध लिम्बु समुदायको चर्चित च्याब्रुङ, साकेला, तामाङको, सेलो मगरको प्रख्यात कौडा नृत्य, अन्तराष्ट्रिय नेपाली कलाकार समाजले राष्ट्रिय लोक तथा दोहोरी गीत, अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च र हिमालयन हर्टको विभिन्न प्रस्तुतिहरु सहित विभिन्न मातृ संस्थाका कलाकारहरूले आ-आफ्नै परम्परागत जातीय पहिचान झल्काउने पोषाकमा मौलिक कला र संस्कृति झल्किने गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र सभाध्यक्षले गीतकार बचन राईको बचन एल्बमलाई सोही कार्यक्रममा लोकार्पण गरिएको थियो ।

बहराईनमा स्थापित नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातीय संस्थाहरूको आ-आफ्नो परम्परागत मौलिक पहिचान झल्किने साँस्कृतिक प्रस्तुतिको साथमा चर्चित स्थानीय कलाकार, साँस्कृतिक प्रस्तुति समस्त गीत, संगीत पारखी, कलाप्रेमी दर्शक तथा श्रोताहरुलाई भरपुर मनोरञ्जनले आनन्दित बनाएको समाजका प्रवक्ता अमर जंग गुरूङले राज्यसत्ता डटकमलाई बताए ।

वरिष्ठ अतिथिमा समाजका संस्थापक तथा संरक्षक गम बहादुर तमु गुरूङ, रहेका थिए । विशेष अतिथिमा नेपाली दुतावासका तृतीय सचिव अमृत लोप्चन तामाङ, नेआज महासंघका अध्यक्ष काजी थापा मगर, विभिन्न महासंघमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, गैरआवासीय नेपाली संघका उपाध्यक्ष लाल प्रसाद पुन मगर, समाजका वरिष्ठ सल्लाहकार दीपक तमु गुरूङ, प्रमुख सल्लाहकार ज्ञानेन्द्र तमु गुरूङ, नेवे सोसाईटीका अध्यक्ष शालिकराम पन्त लगायत विभिन्न पेशा, व्यावसायिक एवं विशिष्ट ब्याक्तित्वहरू रहेका थिए । अन्य कृयाशिल विभिन्न वर्गीय, क्षेत्रीय, धार्मिक, संस्कृतिक संघ संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराइएको थियो ।

समाजका उपाध्यक्ष शंकरमान तमु गुरूङको स्वागत तथा सचिव राजु तमु गुरूङ्को संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष नरेन्द्र घले तमुले गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %