हाम्रो लडाई सिंहदरबारसंग हो : रोका मगर !

Read Time:2 Minute, 5 Second

प्रेमबहादुर राम्जा

 

 Image may contain: 4 people, people sitting and outdoor

घोराही, पुस १६ – नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगरको संघको आन्दोलन कुनै जातीसंग नभएको बताउनुभएको छ । मगर संघ दाङलगायतका मगर मोर्चाहरुले संविधान संशोधनको पक्षमा गरेको स्वागत सभालाई सम्बोधन गर्दै अध्यक्ष रोकाले राज्यका कारण मगरलगायतका अन्य समुदायहरु पिछडियको भन्दै आन्दोलनले सिंहदरबारसंग हिसाव मागीरहेको बताउनुभयो ।
 
दाङमा क्रियासिल नेपाल मगर संघ,मगरात संघर्ष समिति र सयुक्त मगर मञ्चले आज घोराहीमा गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष रोकाले मगरको आन्दोलन जातसंग जोड्नु विडम्बना भएको बताउनुभयो । मगर राज्यको माग नगरेको बताउँदै रोका मगरले पहिचान र सामथ्र्य सहित संघीयताको पक्षमा रहेको बताउनुभयो ।
 
त्यस अवसरमा मगर संघका बरिष्ठ उपाध्यक्ष रुद्रप्रसाद घर्ती मगर, सल्लाहकार बसन्त घर्ती मगर, उपाध्यक्ष निमबहादुर बुढाथोकी मगर, पुर्व केन्द्रीय सदस्य हितबहादुर थापा मगर,मगर मोर्चाकी केन्द्रीय उपाध्यक्ष भिमकुमारी वाठा मगरलगायतकाले बोल्नुभएको थियो ।
 
घोराहीको ट्राफिकबाट सुरु भएको स्वागत र्याली बजारका विभिन्न भाग परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । मगर संघकी जिल्ला उपाध्यक्ष दिलकुमारी बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव डिल्ली घर्तीले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %