म बाचिराखे भने गुरुङलाई प्रधानमन्त्रि बनाउछु :प्रधानमन्त्रि दाहाल !(भिडियो सहित)

Read Time:3 Minute, 7 Second

संजय सिंजाली मगर

काठमाण्डौं, पौष १५ – तमुहरुको लोसार पर्वको अवसरमा सबै तमुहरुमा हार्दिक शुभकामना दिन चाहान्छु ।

भिडियो हेर्न यस लिङ्क थिच्नुहोस् !

{youtube}https://youtu.be/P-jWT3xSRw4{/youtube}

सबै जनजातिहरुको भाषा धर्म लिपि संस्कृती र परम्परालाई जोगाई राख्न महत्वपूण हुन्छ । त्यसै गरि म आज सबै जनजातिहरु माझ के भन्न चाहान्छु भने म जनजातिहरु प्रतिको मागहरुमा साथ रहेको छु । जब सम्म सबै क्षेत्र लिंग बर्ग भाषभाषीहरुलाई समान हकअधिकार दिईन्छ तब मात्र राष्द्रिय एकता गर्न सकिन्छ । हिजो जे जति भेदभाब भएको थियो, त्यो अन्त्य गर्न मेरो चाहान हो र मैले गर्दा जनजातिका वर्गहरुलाई राष्द्रपति उपराष्द्रपति देखि सभामुख बनाईएको छ । अहिले जनजातिहरुको मागलाई ध्यानमा राखेर संबिधान संशोधन प्रति पनि केन्द्रित रहेको छु । यदि म बाचे भने गुरुङहरु लाई पनि प्रधानमन्त्रि बनाउन सक्छु भन्दै प्रधानमंन्त्रि पुष्पकमल दाहालले शुभकामन मन्तव्यको क्रममा बताए ।

तमु च्हय ल्होसार (चरा वर्ग)२०७३ को अवसरमा मौलिक भाषा संस्कार संस्कृतिक सद्भावनासहितको सम्मान भन्ने मूल नाराका साथ गुरुङहरुको माहान चाड ल्होसार भव्य रुपले सम्पन्न भएको थियो । राजधानीमा बस्ने तमुहरुले आफ्नो परम्परा अनुसारको भेषभूषामा सजिएर झा“की र रेली सहित नाचगान प्रदशन गरेका थिए । सोही कार्यक्रममा बिभिन्न बिधामा हासिल गर्नू भएकाहरुलाई सम्मानिय प्रधानमन्त्रि बाट कदर पत्र बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न खालका स्टलहरु राखिएको थियो,जसमा मातातिर्थ तमु समाज ले निःशुल्क आखा शिबिर, राम्जाटार बौद्ध गुम्बा फाउण्डेसन, पुस्तक तथा तमू संग्रहालय प्रदर्शनी, साथे बिभिन्न परिकारको खानाहरु राखिएको स्टलले ग्राहकहरुलाई आर्कषण गरिरहेको थियो ।

भिडियो हेर्न यस लिङ्क थिच्नुहोस् !

{youtube}https://youtu.be/XjD_1qtHj8M{/youtube}

अन्त्यमा बिभिन्न गुरुङ कलाकारहरुले लोक दोहोरी र गानाको तालमा नाच्दै स्टेच तताएका थिए भने उक्त कार्यक्रम मध्यरातको बाह्र बजे समापन भएको थयो ।

 तमु लोसार पर्वको फोटो झलकहरु !

{facebook}1151990044850522{/facebook}

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %