–खिम गर्बुजा मगर
29/12/2016 Saudi ,
बिगतको बर्ष झै यस बर्ष पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको साथ मगर संघ साउदी अरब शाखाले मगर समुदाय लगायतले मनाउने माघे सन्क्रान्ती पर्व १३ जनवोरी २०१७ मा मनाउने भएको छ ।
नेपाल मगर संघ शाखा साउदी अरबले स्थापना काल देखि नै मगर समुदायहरुको विभिन्न चाड पर्वहरु मनाउदै आईराखेको छ। मगरहरुको माैलिक भाषिक, धार्मिक,सास्क्रीतीक,भेषा भुषा र पहिचानको जगेर्ना र साउदी अरबमा रहेका सम्पुर्ण मगर दाजु भाईहरुलाई संगठित गर्ने हेतुले मगर संघ 2006 मा स्थापना भएको थियो ।
यसै क्रममा बिगतका बर्ष झै यस बर्ष पनि यहि 13 जनरी 2017 शुक्रबार को दिन दमामको ख्याम पार्टी प्लेस मा बिहान 12 बजे देखि बेलुका 5 बजे सम्म माघे सक्रान्ती मनाउदै छ । नेपाली दूतावासका कार्यबाहक राजदुत श्री आनन्द प्रशाद शर्मा ज्युको प्रमुख अतिथी र दमाम क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुको अतिथिहरुको साथ माघे सक्रान्ती मनाउदै छ जसमा विभिन्न राष्ट्रिय स्तर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ भने माघे सक्रान्तीमा बिशेष गरि मगरहरुको माैलिक खाना तरुलको परिकार आदीको स्वोआद लिना पाईने छ ।
उक्त महान पर्वमा सम्पुर्ण मगर तथा गैरमगर दाजु भाई, दिदी बहिनीहरुमा हार्दिक हार्दिक निमन्त्रणा गर्दछाै।
संयोजक तथा काेषा-अध्यक्ष,
=================
खिम गर्बुजा मगर
नेपाल मगर संघ शाखा साउदी अरब।
Khim Garbuja Magar