मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ : अध्यक्ष रोका
देब पचभैया
पाल्पा, पौष ९ – संविधान संसोधनको स्वागतमा पाल्पामा शुक्रवार विशाल मगरात जनसभा सम्पन्न भएको छ । मगर संघ केन्द्रिय समिति, मगरात संघर्ष समिति र संयुक्त मगर मञ्च नेपालको आयोजनामा तानसेनमा र्याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तु बाट सहभागी भएका थिए । मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित कार्यक्रमका बक्ताहरुले संसोधित संबिधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् ।
भिडीयो हेर्न यस लिङ्क थिच्नुहोस् !
{youtube}https://youtu.be/1y3tUmi3U2g{/youtube}
सभालाई संवोधन गर्दै मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । अखण्डको आन्दोलन गर्नेहरु संघियता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौ देखि अधिकार बाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन भनेर अहिले संसदमा प्रस्तावित संबिधानको विरोध भएको दावी गर्नुभयो ।
मगरात जातिय राज्य नभएको भन्दै उहाले एैतिहाशिक थात थलो र मगरहरुको पसिना र रगतले सिर्जित स्थानलाई समेटेर अहिले प्रस्ताव गरिएको संसोधित संविधानको विरोध गर्नेहरुले मगरलाई अधिकार दिन बाट बन्चित गर्न खोजेको आरोप लगाउनुभयो ।
मगरात भुमिबाट राजनिति शुरु गरी स्थापित भएका नेताहरु चन्द्र भण्डारी, टोप बहादुर रायमाझी, प्रदिप ज्ञवालीहरुलाई मगरातको विरुद्ध नलाग्न आग्रह गर्दे पुर्ब सभासद एबं मगरमुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुदर्शन वरालले आफ्नो भोट सुरक्षित गर्न उनीहरु रातारात राष्ट्रबादी बनेको आरोप लगाउनु भयो । निर्वाचनको बेला एमालेले बहुपहिचानमा भोट मागेको स्मरण गराउदै अध्यक्ष वरालले उसैले ल्याएको प्रस्तावलाई सरकारले अघि बढाउदा राष्ट्रघाती भयो भन्नु एमालेले पछि परेका जाति र शमुदायलाई अधिकार दिन नचोहको बताउनुभयो ।
सांसद तुल्सा रानाले आफु अहिले प्रस्तावित संबिधानलाई पारित गराउन संसदबाट सक्रिय भुमिका खेल्ने भन्दै अधिकार प्राप्तीको आन्दोलनमा आफु सधै कृयाशिल रहेको जानकारी दिनुभयो ।
सभालाई संवोधन गर्दे मगर संघका पुर्ब अध्यक्ष महेन्द्र थापा, पुर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, संघका भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टा, केन्द्रिय सदस्य राम जर्घा, मगर संघ रुपन्देहीका अध्यक्ष गिता सारु, जनजाति महासंघ पाल्पाका अध्यक्ष केयर सिंग राना लगाएतले एकिकृत मगरातको बारेमा बोल्नु भएको थियो ।
मगरसंघ लुम्बिनि अंचल प्रमुख धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले स्वागत गर्नुभएको थियो भने मगर संघ पाल्पाका सचिब एस कुमार गरम्जाले कार्यक्रम संचालन गर्नुभएको थियो । एकिकृत मगरातको माग गर्दे यस अघि मगरात क्षेत्रका पोखरा, बाग्लुङ्ग, रुकुम लगाएतका स्थानमा र्यारी र सभा सम्पन्न भैसकेका छन् ।