बिजय हितान
लैनसिङ वाङ्देल, भुपी सेरचन ,र मास्टर मेत्रसेन थापामगर नेपाली साहित्य क्षितिजका तीन भिन्न नक्षत्र हुन । यि स्रश्टाहरु आफ्नो श्रीजनाको चमकद्वारा नेपाली साहित्यको आकाशलाई चम्किलो बनाइराख्न अमुल्य योगदान पुर्याएका थिए । तर तिनिहरु ओझेलमा परेको सबै साहित्य तथा कलाप्रेमि नेपालीले महसुस गरेको अवस्था छ ।
यि तीन महान स्रजक युगको कालखन्डमा कोही अगाडि कोही पछाडि जन्मे । नेपाली भौगोलिक सेरोफेरोमा कोही पूर्व, कोही उत्तर, त कोही पश्चिमबाट उदाए । श्रीजनाको हिसाबले तिनैजनाको आ-आफ्नै बिशेषता पाईन्छ । तापनी एउटा पक्ष भने सबैको मिल्दो छ- तिनैजनाको जन्म डिसेम्बर महिनामा पर्दछ । यसै संयोगलाई पारेर लन्डनमा १८ डिसेम्बरको दिन, अन्तररास्ट्रिय साहित्य समाज बेलायत च्याप्टर र विश्व नेपाली साहित्य समाज साउथ युके को संयुक्त आयोजनामा, एक ब्रिहत साहित्यिक गोष्टि गरिंदै छ ।
लैङसिङ बाङ्देल दार्जलिङमा २० डिसेम्बर १९२४ मा राइ परिवारमा जन्मेका थिए । आर्ट पढ्न कलकत्ता झरे । १९६० तिर लन्डन र पेरिस गएर थुप्रै पश्चिमेली आर्ट अध्ययन गर्नुको साथै त्याहाँ काम पनि गरे । पाब्लो पिकासोलाई भेटेपछी उनलाई झनै आर्टप्रती प्रेरणा मिल्यो । त्यसपछी अमेरिकाको एक विश्व-बिद्यालयमा अद्ध्यापन गर्दैगर्दा राजा महेन्द्रले नेपाल ल्याएर प्रज्ञा प्रतिस्ठानको कुलपती बनाए । त्यस सम्मानित वोहदामा दुई पटक सम्म बस्ने मौका मिल्यो ।
उनका आर्टहरु १९६२ मा काठमाण्डुमा प्रर्दशन गरियो जसले उनलाई एकाएक चर्चाको शिखरमा पुर्यायो । अर्ली स्कल्पचर अफ नेपाल, २५०० एअर्स अफ नेपाली आर्ट, स्टोलन इमेज अफ नेपाल, इन्वेन्टोरी अफ स्टोन स्कल्पचर अफ द काठमान्डु भेली जस्ता नेपाली आर्टका बिषयमा पुस्तकहरु लेखे ।
लैनसिङको ‘मुलुक बाहिर’ उपन्यासमा पस्चिमेली सभ्यता र नेपाली माटोको डायस्पोरिक चिन्तन पाईन्छ । त्यसरी नै माइतिघर, लङ्गडाको साथी जस्ता अन्य उपन्न्यासहरु पनि निकै चर्चित छन । उनको कला साहित्य प्रतिको योगदानलाई कदर गर्दै बेलायतले नाइट कमान्डर अफ रोयल भिक्टोरिया ओर्डर ले सम्मान गरेको छ भने फ्रान्स र इटालिले सम्मान गरेका छन । उनको बारेमा उनकै ‘मुलुक बाहिर’ र उनको छोरी डिना वाङदेल र नरेन्द्र राज प्रसाइद्वारा लिखित छुट्टाछुटै बायोग्राफमा पढन पाईन्छ । यस्ता साहित्य कलाका अन्मोल रत्नको निधन २००२ मा भएको थियो ।
भुपी शेरचन २४ डिसेम्बर १९३५ मा थाकखोला मुस्ताङमा जन्मेका थिए । मुस्ताङकै उकालो वोरालो गर्दै हिमाली हावापानीमा हुर्के । धनी परिवारमा जन्मेकाले इन्डियाको गोरखपुर र बनारसमा पढन गए र बि.ए. पास गरेका थिए । त्यहिँनै कम्युनिश्ट बिचराबाट प्रेरित भए । त्यँहिनै गीत र कबिताको साहित्यिक खेती गर्न थाले । पढाई पछी काठमान्डुमा आएर गल्लिहरुमा हल्लिँदै कबिता लेख्न थाले । भैरहवामा ठेक्कापट्टा गर्न जाँदा इट्टाहरुसँग खेलेको उनको कबितामा बिम्ब पाईन्छ ।
नयाँ झ्याउरे, निर्जार, घुम्ने मेचमाथि अन्धो मान्छे जस्ता कबिता गीत संग्रह, परिवर्तन भन्ने नाटक , र केही लघु कथाहरु भुपिले नेपाली साहित्य जगतलाई बाँड्नुभएको छ । शहीदको सम्झना सिर्शकको ‘हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुइचार सपुत मरेर नगए…’ उनको सबैभन्दा प्रचलित कबिता हो । यस्ता राष्ट्रबादी अनी सामाजिक कटाक्षमा निपूर्ण कबी गीतकारको निधन १९९० मा भयो ।
मास्टर मित्रसेन इन्डियाको धरमसालामा १८९५ डिसेम्बर २९ का दिन जन्मे । उनका पुर्खा बाग्लुङको राखुपुलाबाट गएका थिए । अमर सिंहको फौजमा अङ्रेजसँग लडन काङडा जाँदा लंडाई पश्चात उतै धरमसालालाई थाइ बसोबास बनाएका थिए । मित्रसेन ब्रिटिश-इन्डिया गोर्खा पल्टन भित्रको स्कुलबाट ८ कक्षासम्म अध्ययन गरेर पहिलो विश्वयुद्द लडन फ्रान्स र मेसोपोटामिया पुगेका थिए । विश्वयुद्दमा चार बर्ष बिताएर सकुशल बाँचेर धरमशाला फर्केपछी पल्टने जागिर परीत्याग गर्दै बाँकी जीवन साहित्य, संगित र समाजसेवामा अर्पण गरे । उनले लाउरेको रेलिमाई फेसनै राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, बटौलीको बजारमा सुका धार्नी मासु जस्ता झ्याउरे गीत; खन्डकाब्य; निबन्ध; कथा; नाटक लेखन र मन्चन; भजन लेखन तथा गायन इत्यादी साहित्यिक तथा सांगितिक गतिबिधीहरु गरेको पाईन्छ । आफ्नै नाटक कम्पनी, र गोर्खा शत्संग प्रचारिणी सभा स्थापना गरेर समाजिक सेवा पनि प्रदान गरेका थिए ।
उनले पुर्याएको साङ्गितिक सेवा बापत उनका शुभचिन्तकले ‘मास्टर’ पदवी दिए । उनी झ्याउरे गीतका किङ उपनामले पनि चिनिन्छन । भारतीय र नेपाल सरकारले हुलाक टिकट निकालिदियो । खगेन्द्र शर्माले मित्रसेनको बिषयमा पिएचडी गरे र ‘नेपाली संगितका भानुभक्त मास्टर मित्रसेन’ भन्ने सोधपूर्ण किताब लेखेका छन । त्यसरी नै त्रिलोकसिङ थापाको ‘मास्टर मित्रसेन र उनका सिर्जना’, प्रदिप थापाको ‘मित्रसेन र उनको देन’ किताबहरु प्रकाशित भैइसकेका छन । नेपालमा मास्टर मित्रसेन प्रतिस्ठान गठन गरिएको छ ।
मित्रसेन भारतलाई जन्मथलो र कर्मथलो बनाएपनी दुईदुई पटक नेपाल भ्रमण आएका थीए । भैरहवा, बुटवल, पाल्पा, रिडी, बाग्लुङ र काठमान्डु आएका थिए । काठमान्डुमा मेलवा देवी, रत्न दासलाई भेटे । राणाको दरबारमा निम्ता बोलाईएर झ्यारे लयमा गीत गाएक थिए । पल्टनिया अफिसर बहादुरसिङ बरालसँग मिलेर थुप्रै गीत लेखे, अनी गाए । उनले आफ्नै र बहादुरसिङ बरालको रचनाहरुको संग्रह ‘बरालको आसुँ’ पनि सम्पादन गरे । यस्ता बहुप्रतिभाका धनी मित्रसेनको निधन अल्पायुमै १९४६ मा भएको थियो ।