आलोक चाम्लिङको गीतमा दर्जन बढी कलाकार एकसाथ ।

Read Time:2 Minute, 11 Second

शान्ति राज राई पौष ५ काठमाडौ,

आलोक चाम्लिङ राईले नेपाली सिनेमाका महानायक भनिने राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् ।
चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग भईरहेको छ । यो गीत, आलोक चाम्लिङ राईको आउनै लागेको हे नेपाल आमा राष्ट्र समर्पित एल्बममा समाबेश हुने बताइएको छ ।आफ्नै लगानीमा बनी रहेको यसगीतमा शब्द आलोक चाम्लिङकै रहेको छ भने उक्त गीतका लागि अहिलेका चर्चित युवा गायक/संगीतकार सि.डि विजयले संगीत दिएका छन् । स्वर सि.डि विजय र मनिशा राईको रहेको छ ।

यस गीतको लागि निर्देशन सशान कंडेलले गरेका छन् भने महानायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तम केसी, निर्मल शर्मा (गैडा), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,सुलेमान(इकु) ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारले जय जय नेपाल..’को म्युजिक भिडियोमा अभिनय गरेका छन् ।यसैगरी यही गीतमा विल्सन बिक्रम,पार्बती राई,बुद्धि तामांग,गीता राई, युवराज लामा,मीरा राई,मदन कृष्ण श्रेष्ठ,हरिबंस आचार्यले पनि अभिनय गर्ने भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %