शनिबारको अधिवेशन सोमबार हुंदै !(प्रेस विज्ञप्ती)

Read Time:1 Minute, 30 Second

डोलबहादुर विक

No automatic alt text available.

पाल्पा, मंसिर १ – भोली हुने भनिएको राष्ट्रियजनमुक्ति पार्टी पाल्पाको छैठौ जिल्ला अधिवेशन सरेको छ पछिल्लो राजनीतिक घटनालाई लिएर भइरहेको आम हडतालले गर्दा पार्टीको जिल्ला अधिवेशन ४ गते सोमबार गर्ने निर्णय भएको जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष खुमबहादुर सिंजालीले जानकारी दिनुभयो ।

पार्टीको शुक्रबार बसेको बैठकले अधिवेशन सार्ने निर्णय गरेको प्रेस विज्ञप्ती मार्फत अध्यक्ष सिंजालीले बताउनुभएको छ । बन्दको बेला नेता कार्यकर्ता र सुभेच्छुकहरु कार्यक्रममा आउन नसक्ने भएकाले २ गते भनिएको राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला अधिवेशन ४ गते सारिएको अधिवेशन सम्पन्न गर्न पाल्पा आउनुभएका पार्टीका केन्दीय सदस्य हुम बहादुर थापाले जानकारी दिनुभयो । ४ गते हुने अधिवेशन पूर्व निर्धारित स्थान लहरेपिपलस्थित अशोक होटलमा दिउँसो १ वजेबाट सुरुहुने राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %