रूद्र श्रीसमगर
पोखरा, पुस १ – नवोदित गीतकार निशा श्रीसको ‘मगरकी छोरी’ बोलको प्रवद्र्धनात्मक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले युट्युबमार्फत् सार्वजनिक गरेको हो ।
बागलुङ जिल्लाका विभिन्न पर्यटकीय स्थलमा छायाड्ढन गरिएको सो म्यूजिक भिडियोमा मोडलका रूपमा गीतकार निशा श्रीस स्वयं र खुशी बुढाले अभिनय गरेका छन् । गोविन्द पुनको निर्देशन रहेको म्यूजिक भिडियोको छायाड्ढन एवं सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । बीबी अनुरागीको संगीत रहेको गीतमा जुनु रिजालको स्वर रहेको छ ।
हंसराज खवास ‘विजय’को कोरियोग्राफी र पुनम पुनको मेकअप रहेको म्यूजिक भिडियोमा बागलुङको गलकोटका विभिन्न पर्यटकीय स्थलहरू घुम्टे लेक, गाईघाट झरना, हटिया बजार, हरिचौर बजारलगायत देखाइएको छ । त्यति मात्र नभएर मगर जातिको संस्कृतिका रूपमा रहेका सोरठी, घाँटु, कौह्रालगायतका लोकसंस्कृति समेत म्यूजिक भिडियोमार्फत् प्रवद्र्धन गर्न खोजिएको छ ।
युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :
{youtube}https://youtu.be/BvpKJRey_-Y{/youtube}