चर्चित गायिका संगिता थापामगरको देशभक्ती गित ‘म त नेपाली’ बजारमा (भिडियो सहित) !

Read Time:2 Minute, 36 Second

मगर्स क्रियसन



काठमाडौँ, मंसिर २८ – पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको देशभक्ती गित भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली भने निकै मर्मस्पर्सी शब्द रहेको देशभक्ती गितमा सुमधुर स्वर भर्नु भएको छ । विगत केही समय देखी अमेरिकामा बस्दै आउनु भएकी गायिका थापाले आफुले विदेशमा रहँदा गर्ने अनुभुती यस गित मार्फत व्यक्त गर्न पाउँदा आफु खुसी भएको बताउँदै यस गितले विदेशमा रहने प्रत्येक नेपालीको भावना प्रतिनिधित्व गरेको समेत आशा व्यक्त गर्नु भयो ।


जहाँ जाँउ लाग्छ मलाई मेरै देशको माँया,
आफ्नै भाषा संस्कृर्ती र आफनै भेषको माँया,
म त नेपाली मेरो देश नेपाल, हजार जुनी सम्म नेपाली भन्न पाँउ, जस्ता शब्द रहेको गितले जुनसुकै समृद्ध देशमा रहेपनी आफ्नै देशप्रतीको मायाँ आफ्नोपन र हरेक चिज प्यारो हुन्छ भन्ने भाव गितमा व्यक्त गरिएको छ । बरिष्ठ गितकार तथा संगितकार सिपी मगरको शब्द शंकलन तथा संगित रहेको गितमा गायिका संगिता थापा मगर, श्याम राना र दुर्गा सिङ राना मगरले अभिनय गर्नु भएको छ ।


मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसले सो गित निर्माण गरी बजारमा ल्याएको हो । आफुलाई विगतका गीतहरुमा झैँ यो गीतमा पनि सबैको साथ र सहयोग पाउनमा आशाबादी रहेको गायिका संगिता थापाले बताउनु भयो । दुई दर्जन बढी गितमा स्वर दिसक्नुभएकी गायिका थापाले दर्शकको माँया पाएमा आगामी दिनमा लोक गीतका साथै राष्ट्रिय गितहरुलाई पनी निरन्तरता दिने बताउनु भयो |


म त नेपाली मेरो देश नेपाल यो देशभक्ति गीतको म्यूजिक भिडियो यस्तो छ :

{youtube}https://youtu.be/YmI7DdWR6hQ{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %