संसोधित संबिधान पारित गर्न मगर संघ पाल्पाको आग्रह ! प्रेस बिज्ञप्ती

Read Time:1 Minute, 46 Second

देव पचभैया

पाल्पा, मंशिर २१ – सरकारले प्रस्ताव गरेको संबिधान संसोधनको नेपाल मगर संघ पाल्पाले स्वागत गरेको छ ।

मगर संघको चाहना र मर्मलाई केही हदसम्म सम्वोधन गर्ने भएकाले संशोधिन विधयकलाई सकारात्मक समर्थन गर्ने निर्णय भएको नेपाल मगरसंघ पाल्पाले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

मगर संघका केन्द्रिय सदस्य बल बहादुर राना, मगर संघ पाल्पाका सचिब यस कुमार गरम्जा र मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा मगरातको राजधानी पाल्पा बनाउन माग गरिएको छ । बिज्ञप्ती मार्फत मगर संघ, अन्तर्गतका सम्पूर्ण भातृसस्था, भेजा, गुठी लगायत आम पाल्पाली मगरहरूलाई संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्न हार्दिक अनुरोध गर्दे अहिले भैरहेको अखण्ड प्रदेशको आन्दोलनमा नलाग्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

संघले संसोधित बिधियकलाई पारित गरी कार्यान्वयन गर्न पनि माग गरेको छ । यस अघि नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले पनि सरकारले प्रस्ताव गरेको संबिधान संसोधन बिधियकलाई प्रेस बिज्ञप्ती मार्फत स्वागत गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %