एक लाख पुरस्कारको लोक नृत्य प्रतियोगिता !

Read Time:2 Minute, 45 Second

मनोज घर्ती मगर

पोखरा, मंसिर १९ – नेपालका विभिन्न क्षेत्रमा नाचिने सामूहिक लोक नृत्यहरुको प्रतियोगिता हुने भएको छ । अनुशिलन कला पाठशालाको आयोजनामा ‘लोक मञ्च’ नाम दिएर पोखरामा यस्तो प्रतियोगिता हुन भएको हो ।

यति ठूलो सामूहिक लोक नृत्य प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको कला पाठशालाका प्रमुख गोरे गुरुङले जानकारी दिए । गोरेका अनुसा प्रथम हुने समूहले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । तीन वटा समूहलाई सान्तवना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ दिईने प्रमुख गुरुङले बताए । उनका अनुसार प्रतियोगिताभर एक जना सर्वोत्कृष्ट नृत्य निर्देशकलाई यामाहा स्कुटर पुरस्कार दिइनेछ । प्रतियोगिताका लागि १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

एसएमएस भोटिङमार्फत बिजेता छनौट गरिने चलनले असली क्षमता भएका प्रतियोगिता बाहिरने भएकाले यो प्रतियोगितामा भोटिङ हुनेछैन । छनौटका लागि सात प्रदेशका लोक नृत्यका विज्ञहरुलाई निर्णायकको रुपमा राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको पुर्व देखि पश्चिमसम्मका विभिन्न जातजातिका लोकनृत्यहरु सहभागी हुनेछन् । पोखरा बाहिरका प्रतियोगीको लागि आयोजकले भिडियोमार्फत अडिसन लिने तयारी समेत गरेको छ । पहिलो चरणको अडिसन मंसिर १७ गते हुनेछ भने फाईनल पुस २ गते पोखरा सभागृहमा हुनेछ ।

पोखरा बाहिरका सहभागीले लेकसाइडको एक होटलमा खाने बस्ने व्यवस्था आयोजकले गरेको छ भने पोखराका सहभागीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । यस्ता प्रतियोगिताहरुमा सहभागीलाई निःशुल्क खाना, बस्न र खाजाको व्यवस्था गरेको यो पहिलो पटक हो । प्रतियोगि समूहले दुई हजार पाँच सय प्रवेश शुल्क तिर्नुपर्नेछ भने समूहमा बढी १६ जनासम्म सहभागी हुन सक्नेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %