कृष्ण सारू मगर
कतार, नोभेम्बर ४ – बसन्त फिल्मस प्रा.लिले नेपाली मौलिक कला, संस्कृतिको संरक्षण-प्रवर्द्धन गर्दै स्थानीय कलाकारहरूको नवोदित तथा चर्चित प्रतिभाशाली कलाकारहरूको गीत रेकर्डिङ र सयौं म्युजिक भिडियो सर्वाधिक बजार ब्यावस्थापन गरी सकेको छ ।
दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापना भएका विभिन्न समाजिक संघ, संस्था, संगठन संग समन्वय, सहकार्य तथा हातेमालो संग, संगै, नेपाली कला र प्रतिभा लिएर साँगीतिक प्रस्तुतिका लागि कतार आएका विभिन्न विधाका पाँच दर्जन भन्दा बढी कलाकारहरूलाई प्रशंसा पत्र सहित थप प्रोत्साहनका लागि प्रा.लिले सम्मान गरि सकेको छ ।
म्युजिक नेपाल द्वारा उत्पादित सौगात काफ्लेको “जाओ आँसु जाओ” गीति एल्बमलाई बहुचर्चित राष्ट्रिय लोक तथा दोहरी गायक बिक र गायिका देवी घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । लय तथा शब्द संकलन एकनारायण भन्डारीको हो । मुख्य संपादन विष्णु शर्मा रहेका छन् । हजारौं म्युजिक भिडियोमा सफता पाएकी बहुचर्चित मोडल रन्जिता गुरूङ्ग र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका मानर्थ सदस्य, पाल्पाली सेवा समाज दोहा-कतारका सल्लाहकार सदस्य, बसन्त फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक, समेत रहेका ईश्वर काफ्लेले अभिनय गरेका छन् । छायांकनको भुमिका करन चैसिरले निभाएका छन् । प्रकाश भट्टको निर्देशनमा तैयार भएको यो म्युजिक भिडियोलाई बसन्त फिल्मस प्रालिले संगीत स्रोता तथा शुभेच्छुकहरूका मागलाई ध्यानमा राखेर अझ सहज र प्रभावकारी होस् भन्ने हेतुले ३० नोभेम्बर २०१६का दिन (You Tube)मा राखेको छ ।
स्रोतका अनुसार अफिसियल वेब साईट http://goo.gl/vuX6x5, https://www.facebook.com/musicnepalpv, https://twitter.com/MuzikNepal र https://plus.google.com/+MusicNepalPv मा राखेकोले चाहेको बेला हेर्न सकिने बसन्त फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक ईश्वर काफ्लेले बताएका छन् ।