सत्यतथ्य ‘चुट्किला

माया घले मगर


इन्टरनेट नै चलाउन नजान्ने लाई साइबर क्राइम हुने गरिन्छ
तर अबोध बालकलाई देश निकाला गर्ने लाई कारबाही हुदैन ||

चुरोट बेच्नेलाई कारबाही हुन्छ
पासपोर्ट बेच्नेलाई कारबाही हुदैन ||

सुर्ती बेच्नेलाई कारबाही हुन्छ
मुर्ति बेच्नेलाई कारबाही हुदैन ||

साग बेच्नेलाई कारबाही हुन्छ,
गैडाको खाग बेच्नेलाई कारबाही हुदैन ||

सर्बहारालाई कारबाही हुन्छ,
ज्यानमारालाई कारबाही हुदैन  ||

गुन्यु / चोली बेच्नी लाई कारबाही हुन्छ
छोरी /चेली बेच्ने लाई कारबाही हुदैन  ||

डोका र डाला बेच्ने लाई कारबाही हुन्छ
यहाँ तर खोला नाला बेच्नी लाई कारबाही हुदैन ||