एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने !

Read Time:2 Minute, 42 Second

जिवन मङ्गोल
 
मलेसिया, नोभेम्बर ९ – मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत भएको छ ।


मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २०  मा बसेको बैठकले  एमएनओ प्रवास मलेसियाको जनवरी १, २०१७ मा दोस्रो अधिवेशन गर्ने निर्णय भएको छ । प्रवास मलेसियाका अध्यक्ष जि.बी गुरुङकै संयोजत्वमा ९ सदस्यीय आयोजक सभा गठन गरेको छ । 

आयोजक सभाका सदस्यहरुमा देव छन्त्याल, ध्रुव थामी, सन्तोस थामी, विमल थामी, रत्न थामी, रमेश थामी, कुमार थामी, धनराज थापा मगरलाई चयन गरेको छ ।
सन् २००९ बाट बैकल्पीक केन्द्रीय सदस्य मोहन सेरेङको संयोजत्वमा एमएनओ मलेसियाको गठन गरेर ऐतिहासिक यात्राको थालनी गर्नु भएको थियो । यसबीच धेरै कठिनाई र चुनौतीलाई सामना गर्दै फेरी मलेसिया बसोबास गरिरहेका मंगोलहरुलाई एकताको शुत्रमा बाधेर मंगोल नेशनल अर्गनाइजेशनको आन्दोलनमा थप सहयोग पुग्न सक्ने भएकोले अधिवेशन गर्न लागिएको संयोजक जिबि गुरुङले मंगोल भिजनलाई जानकारी गराउनु भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशनको २८औ स्थापना दिवस पनि जनवरी १ मा परेको हुँदा संगठनको स्थापना दिवस पनि एकसाथ भव्य मनाउने भएको छ । दोस्रो मलेसिया अधिवेशन तथा २८ औं स्थापना दिवस सफल बनाउन एमएनओ मलेसियामा आवद्ध सबैलाई एक सय रिङ्गेट सहयोग गर्न समेत आव्हान गरेको छ । अहिले हल बुकिङ अन्य कामहरु धमाधम थालनी गरिरहेको छ ।

आवश्यक सामग्री जुटाउन, आर्थिक संकलनको काम धमाधम भइरहेको छ । अधिवेशन तथा २८औं स्थापना दिवसलाई सफल पार्न करिव दुई सयको हाराहारीमा मंगोल समुदायको सहभागिता गराउने आयोजक सभाले जानकारी गराएको छ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %