यु केमा लुम्बिनी बुद्ध विहार स्थापनाका लागि च्यारेटी डिनर साँझको आयोजना हुँदै ।

Read Time:3 Minute, 20 Second

राज्यसत्ता ,
लन्डन ,२३  डिसेम्बर 2016

यु केमा प्रथम बुद्ध विहार निर्माणार्थ एक च्यारेटी डिनर नाईटको आयोजना हुने भएको छ ।

मगर बुद्ध समाज यु केको बर्षागाठ पुगेको उपलक्ष्यमा यही आउदो ११ डिसेम्बर २०१६ आईतबारको दिन मगर बौद्ध समाज यु के द्धारा बेलायतबासी नेपालीहरुको साझा धार्मिक आस्थाको केन्द्र “लुम्बिनी बुद्ध बिहार” निर्माण योजनालाई सफल पार्नका लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्य अनुरूप संस्थाको प्रथम बार्षिक उत्सव समारोह तथा च्यारिटी डिनर साँझको आयोजना गर्ने भएको छ ।

मगर बौद्ध समाज बेलायत बिधिवत रुपमा स्थापना भएको यहि आउने डिसेम्बर महिनाको ६ तारिख पुरा एक बर्ष पुग्दैछ । यहि अबसरमा आगामी ११ डिसेम्बर २०१६ आइतबारका दिन मगर बौद्ध समाज बेलायतले आफ्नो बार्षिक साधारण सभा ( सम्मेलन ) गर्ने भएको छ भने सोही दिन बार्षिक साधारण सभा समापन पश्चात बेलुकी “लुम्बिनी बुद्ध बिहार” निर्माण योजनालाई सफल पार्नका लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्य अनुरूप ।

The Palace 35 Station Road, Aldershot Post Code: GU11 1BA मिति:- ११ डिसेम्बर २०१६ आइतबार । समय:- साधारण सभा:दिउँसो ११-३ बजे । डिनर नाइट: साँझ ६-११ बजे ।संस्थाको प्रथम बार्षिक उत्सव समारोह तथा च्यारिटी डिनर नाइट ( CHARITY DINNER NITE ) को आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गायक तथा गायिका मनसुधन थापा मगर र सम्झना लामिछाने मगरले प्रस्तुतिती दिने छन ।संस्थाका सचिव टिका दर्लामी मगरले राज्यसत्तालाई जानकारी दिए ।

 

कार्यक्रमको आकर्षण: १) अति भिन्न रमणीय वातावरण सहितको सबैलाई पायक पर्ने हल । २) बिभिन्न स्वादिष्ट नेपाली परिकारहरू । ३) सुपथ मुल्यमा बिभिन्न पेय पदार्थहरू उपलब्ध । ४) नेपालमा स्थापित चर्चित लोक दोहोरी गायक गायिका द्वय मनसुधन थापामगर र सम्झना लामिछानेमगरको बेजोड सांगीतिक प्रस्तुती । ५) बिभिन्न स्थानीय कलाकारहरू द्धारा अति मनोरन्जनात्मक नृत्य प्रस्तुत । ६) आजीवन सदस्यहरूलाई ब्याज बितरण । ७) संस्थाबाट भए गरेका गतिबिधिहरू र भावी गुरू योजनाहरू बारे प्रोजेक्टर मार्फत बिशेष प्रस्तुती ।

टिका दर्लामीमगर सचिव, मगर बौद्ध समाज यूके । संपर्क नं.- 07789 908116 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %