बहराईनमा किराँत याक्थुङ चुम्लुङले ५०७६ औ बलिहाङ्ग तङ्गनाम भब्य मनाए !

Read Time:2 Minute, 41 Second

कृष्ण सारू मगर

बहराईन, नोभेम्बर १३ – बहराईनको राजधानी अदलिया स्थित नेपाली क्लव भवनको प्राङ्गणमा किराँत याक्थुङ चुम्लुङले संस्थाका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूको सभापतित्व तथा नेपाल आदिवासीजनजाति महासंघका अध्यक्ष काजी थापा मगरको प्रमुख आथित्यमा यलेतङ्वे ५०७६ बलिहाङ्ग तङनाम कार्यक्रम भब्य सम्पन्न गरेको छ।

नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठ, वरिष्ठ समाजसेवी गम बहादुर तमु गुरुङ, विभिन्न जातिय संस्थाका प्रतिनिधिहरूलाई विषेश अतिथि रहनु भएको थियो भने, अन्य क्षेत्रीय, धार्मिक, साँस्कृतिक, वैचारिक विभिन्न संघ, संस्था संगठनका प्रतिनिधि तथा स्थानीय पत्रकार, समाजसेवी एवं विशिष्ट ब्यातित्वहरूलाई आतिथ्यता ग्रहण गराएको कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि विशेष अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष प्रदिप केरूङ्ग लिम्बूको स्वागत तथा महासचिव डिल्ली तुम्सा लिम्बू र सोमराज कन्दवाद लिम्बूको संयुक्त संचालनमा सम्पन्न गरेको छ ।


संस्थाका बरिष्ठ उपाध्यक्ष झहर थेबेले किराँती लिम्बू समुदायका ईतिहास, मौलिक पहिचान, अस्तित्व, संस्कार संस्कृतिका महत्त्वका वारेमा प्रस्ट्याउँदै शुभकामना दिएका थिए ।


संस्थाको मातहतमा रहेका कला तथा साँस्कृतिक विभागका कलाकारहरूले किराँती लिम्बूहरूको मौलिक पहिचानको भेषभुषा र अस्तित्वलाई संरक्षण-संवर्द्धन गर्दै, बहराईन स्थित हुने विविध साँस्कृतिक कार्यक्रममा विशेष महत्त्वको साथ, सहभागिता रहनुका साथै, संघ, सस्थाहरू संगको समाजिक कार्यमा हातेमालोमा समन्वय सहकार्यको भुमिका उच्च मुल्यांकन गरी कलाकारलाई संस्थाले कदर-पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %