कतारमा मगर संघले “अक्षय कोष स्थापनार्थ दीपावली साँझ कार्यक्रम भब्य संपन्न ।

Read Time:5 Minute, 20 Second

कृष्ण सारु मगर

कतार, नोभेम्बर १२ –  नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागको द्वरा आयोजित मगर समुदायका अत्यन्त गरिव तथा जेहेन्दार विद्यार्थीहरुको “अक्षय कोषमा, प्रतक्ष लाभ पुर्‍याउने हेतुले भएको कार्यक्रम संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा दोहा स्थित गल्फ प्याराडाईज होटलमा संयोजक सोम थापा मगरको संयोजकत्वमा दीपावली साँझ कार्यक्रम भब्य संपन्न भएको छ ।

प्रमुख अतिथि नीर आले मगर हुनु हुनुहुन्थ्यो विषेश अतिथिमा, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष सियाराम चौधरी गैर आवासीय नेपाली संघका द्धितिय उपाध्यक्ष प्रविन गुरूङ,प्रमुख सल्लाहकार भिम तरामु मगर, विभिन्न मातृसंस्थाका प्रतिनिधि, एवं क्षेत्रीय, वर्गीय, धार्मिक संघ, संस्थाका संगठनका प्रतिनिधि, स्थानिय पत्रकार लगायत विभिन्न समाजसेवी, बुद्धिजीवी साथै, सम्मानित ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै, वक्ताहरूले शुभकामना दिएका थिए ।

नेपालका चर्चित राष्ट्रिय लोक तथा दोहरी गायिका सृष्टि पुन मगरले प्रतक्ष प्रस्तुति दिएकी उनले दोहा कतारका प्रतिष्ठित लोक तथा दोहरी गायक बलवीर थापा मगर संग घम्मघम्सी लोक तथा दोहोरी गीतमा दर्शकलाई मनोरञ्जन दिए । यस्तै चर्चित गायिका अनु गुरुङ, गायक आशिष वि.सीको साथमा कला तथा सांस्कृतिक विभागको बेजोड प्रस्तुति रहेको थियो । प्रमुख अतिथि समेत रहेका नृत्य तथा हाँस्यकलाकार निर आले मगरको प्रस्तुतिले पेट मिचिमिची हाँस्न बाध्य बनाएका थिए ।

उक्त कार्यक्रममा विशेषगरी नेपाली मौलिक परम्परागत संस्कृति झल्किने बिभिन्न धमाकेदार प्रस्तुतिले उपस्थित आम दर्शक तथा श्रोताहरूलाई नचाउँदै भरपुर मनोरञ्जन दिलाएको कार्यक्रमको तेह्रथुम डट कमले प्रतक्ष प्रशारण गरेको थियो ।

केही सहभागीहरू संग लिएको प्रश्नमा हाम्रो देश भौगोलिक बनावट तथा साँस्कृतिक विविधताको धनी छौँ । सानै उमेर भएता पनि आशिष बि.सी.को कला र प्रतिभा राम्रो लाग्यो अन्य कलाकार पनि उत्तिकै नेपाली मौलिकता प्रति विशेष दखल रहेको छ । तर, दुर्भाग्य भनौ या के भनौ खै ? हाम्रो देशमा राजनीतिक अस्थिरताको कारणले पनि हामीहरू संकटमा संकटमा हौँ ।

साँस्कृतिक तथा अनेकौं विभागीय मन्त्रालय भए पनि राज्यले यस्ता कला र प्रतिभाको संरक्षण-प्रवर्द्धन तर्फ विषेश ध्यान पुर्‍याउन नसक्दा ओझेल परेका छन् । त्यसैले संवन्धित निकायले समयमै उनिहरूको कला र प्रतिभालाई मुल्यांकन गरि ब्यावस्थापन प्रति ध्यान दिन जरूरी रहेको धारणा राख्दै नेपालीको राष्ट्रियता, मौलिक पहिचान र अस्तित्वको संरक्षण हुने प्रतिकृया दिएका थिए ।

साँस्कृतिक कार्यक्रमको अन्त्यमा नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको आयोजक समितिका कला तथा सांस्कृतिक कलाकारहरूले वारि जमुना पारी जमुना गीतको बोलमा अभिनय सहितको नृत्य देखाउँदै राष्ट्रिय लोक गीतका सर्जक स्व. खेमराज गुरूङ प्रति समर्पण गरे ।

प्रमुख अतिथि नीर आले मगरको सह्योगमा सम्मान-पत्र प्रदान गर्नु भएको थियो । भने, सभाध्यक्ष, विशेष अतिथिहरूले अतिथि कलाकारहरूलाई मगर संघको लोगो अंकित मायाको चिनोलाई क्रमश: प्रदान गरेका हुन् ।

कार्यक्रमका संयोजक सोम थापा मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरले अौपचारिक कार्यक्रम संचालन गरेका थिए । बलहरी राना मगर तथा इशोरा थामा मगरले संयुक्तरूपमा संचालन रहेको साँस्कृतिक कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %