बुद्ध दर्शनले देशलाई शान्तिमय र बिकासमय बनाउछ: सभामुख घर्तीमगर(भिडियो सहित)

Read Time:4 Minute, 58 Second

संबिधान कार्यान्वयन गर्न दलहरु एक ठाउंमा उभिन आवश्यक रहेको  सभामुख घर्तीमगरको अनुरोध ।

राज्यसत्ता,

सुनसरी,कार्तीक २६ संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरु सबै मिलेर नेतृत्व दिन आवश्यक रहेको सभामुख ओनसरी घर्ती मगरले बताएकी छन् ।
{youtube}https://youtu.be/h1FudrYY2zA{/youtube}

धरानको छोटी मोरङ अर्थात भेडेटारमा निर्माण हुन लागेको थाउजेन्ड बिग बुद्धको २३ कार्तीक २०७३ सालको दिन थाइल्यान्ड सरकारका धार्मिक सल्लाहकार ८० बर्षीय थाहा स्वसोभनम र सभामुख ओनसरी घर्ती मगरले सामुहिक शिलान्यास गर्नु भएको थियो ।

शिलान्यास गर्दै सभामुख मगरले असन्तुष्टका मागलाई सम्बोधन गरी कार्यान्वयनमा सबै दलले नेतृत्व लिनुपर्ने सुझाव दिइन् । उनले संविधानको मार्गमा हिँड्दै कार्यान्वयन गर्नैपर्ने बताइन् । संविधान कार्यान्वयनमा सबै राजनीतिक दलहरुले नेतृत्व लिनैपर्छ , उनले सम्बोधनका क्रममा भनिन् । उनले द्धन्द्धको मुख्य स्रोत असमानता भएकाले सबैमा समानता कायम गर्न र स्थायी शान्ति ल्याउन समानता आवश्यक रहेको धारणा राखिन् । बुद्ध धर्मको मूल बिशोषता भनेको पनि समानता नै हो, उनले भनिन् , स्थायी शान्ति ल्याउन समानता आवश्यक छ । उनले संविधानमा अपूर्णताहरु रहेका आवाज उठिरहेको बताउदै त्यसलाई पूर्णता दिन दलहरुबिच एकता आवश्यक हुने औल्याइन् ।

उनले बुद्ध धर्मको सन्देश पनि स्थायी शान्ति भएकाले देशलाई शान्तिमय र बिकासमय बनाउन सबै एकजुट हुनुपर्ने बताइन् । उनले थाउजेन्ट बिग बुद्धलाई  नेपाल सरकारले सहयोग गर्ने बताइन् । उनले भनिन् , यो जात, उ जात, तँ ठुलो, म सानो भनेर नहिडौ, शान्ति मार्ग पूरा गरौ ।
{youtube}https://youtu.be/FA1FQicYzLw{/youtube}

१७५ फिट अग्लो बुद्धको मूर्ति स्थापना हुने धरान—२० भेडेटार(छोटीमोरङ)मा १० हजार वटा साना मूर्तिहरु पनि राखिने छन् । सो स्थानलाई पूर्वको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउने तयारी भईरहेको बिग बुद्धका संरक्षक भिक्षु मेन्दंगकर (नारायण आले मगर)ले बताउनु भयो । उहाँले ८ इञ्चका १० हजार मूर्तिहरु रहने र निजी लगानीमा बन्ने तर सरकारले सहयोग गरेको खण्डमा आफूहरुले त्यसलाई सहर्ष स्वीकार्ने बताए । पर्यटक भित्र्याउने लक्ष्य हो, उहाँले भन्नु भयो, लुम्बिनीमा आउने १० हजार पर्यटकमध्ये १० प्रतिशत मात्रै भए पनि यहा भित्र्याउने लक्ष्य छ ।

कार्यक्रमा थाइल्यान्ड सरकारका धार्मिक सल्लाहकार थाहा स्वसोभनम र बर्माका राजदुत समेतको  उपस्थिति थियो । उनले थाउजेन्ड बिग बुद्धका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा बिग बुद्धका लागि सहयोगको  प्रतिबद्धतासमेत आएको छ । धरान उपमहानगरपालिकाको संयोजन रहेको सो बुद्धस्थिलको सहसंयोजक सूर्योदय बुद्ध विहारको रहेको छ । कार्यक्रमका सहसंयोजक प्रदीप थापा मगरले धार्मिक स्थलको रुपमा मात्रै नभई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए ।    बिग बुद्ध निर्माण स्थल सर्दू जलाधार क्षेत्र हो ।

३९ वर्ग किलोमिटर(१४०) रोपनी क्षेत्रफमा फैलिएको सर्दू जलाधारबाट २०३२ सालमा २ सय ९ घरपरिवारहरुलाई विस्थापित गरिएको थियो । त्यस बेला ती घरपरिवारको ३६२ बिघा जग्गा रहेको थियो । हाल धरान उपमहानगरले निर्माण क्षेत्रका लागि कागजी प्रक्रिया अघि बढाईरहेको बताईएको छ । 

फोटो : गंगा आले मगर र बुद्धरत्न शाक्य

{facebook}1097831780266349{/facebook}

पुरा फोटो हेर्न लिङ्क थिच्नुहोस

सुनसरी धरानको छोटीमोरङ भेडेटारमा थाउजन बिगबुद्दको शिलन्यासको फोटो

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %