​‘चिमखोला मौलिक लोकसंगालो’ बजारमा !

Read Time:1 Minute, 31 Second

रूद्र श्रीसमगर
 
पोखरा, कात्तिक १२ – म्याग्दीको चिमखोला क्षेत्रमा गाइने मौलिक एवं ठेट भाकाहरूको संगालो ‘चिमखोला मौलिक लोकसंगालो’ बजारमा आएको छ ।

लोकगायिका धनकुमारी थापामगरको लय र शब्द रहेको यानीमाया, अविजाले माया, शिरफूले माया र दुई वटा लोकगीत संग्रहित लोकसंगालोलाई टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

झण्डै ४० को दशकतिर रेकर्ड भएका पूराना ती मौलिक गीतहरूको झण्डै तीन दशकपछि छायाड्ढन गरी म्यूजिक भिडियोसहित टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

संग्रहित गीतहरूमा लोकगायिका धनकुमारी थापामगरसहित राधा पुन, डम्मर पुर्जामगर, जमुना गर्बुजामगर र दुर्गाबहादुर पुनले स्वर दिएका छन् । गोविन्द पुनको निर्देशन रहेको म्यूजिक भिडियोको छायाड्ढन भने दानबहादुर श्रीसले गरेका हुन् ।

सम्पूर्ण गीतको छायाड्ढन म्याग्दीको चिमखोलामै गरिएको छ । सम्पूर्ण गीतका म्यूजिक भिडियोहरू युट्युबमा पनि हेर्न सकिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %