देब पचभैया
पाल्पा, कार्तिक ११ – पुर्वी पाल्पाको जल्पा ७ स्थित जल्पाडाडामा भेटिएको अजिङ्गर सुरक्षित स्थानमा सार्न स्थानियले माग गरेका छन् ।
भिडियो हेर्न तल लिंक थिच्नुहोला !
{youtube}https://youtu.be/-PiTQfLBOzA{/youtube}
भञ्याङ्गबजार माथिको डाडोमा गएको ४ गते भेटिएको अजिङ्गर कटुवास, बांस र मेहालको रुखमा चढ्ने र झर्ने गरिरहेको छ । जिल्लामै पहिलो पटक देखा परेको अजिङ्गर हेर्न दिन दिनै भिड लागेको छ ।
आफुहरुले बर्षेनी पुजा गर्ने स्थानमै अजिङ्गर भेटिएपछि दैनिक पुजा गरेको स्थानिय बेद प्रसाद बस्यालले बताउनुभयो । गाउलेहरुले अजिङ्गर वसेको स्थान वरिपरिका रुखमा धजा बाधेका छन् भने नरिवल, स्याउ, दुध र कुखुरा समेत चढाएका छन् । खतरा हुन सक्ने भन्दै ताहु प्रहरी चौकीले पनि प्रहरी खटाएर स्थानियलाई अजिङ्गर नजिक जान नदिएको जल्पा ९ का सुरेन्द्र सारुले जानकारी दिनुभयो ।
मंगलबार अजिङ्गर भेटिएको स्थानमा पुगेर जिल्ला वन कार्यालय पाल्पाको टोलीले स्थानियलाई त्यसका बारेमा जानकारी दिएका छन् । संरक्षित बन्यजन्तुमा पर्ने अजिङ्गर आफैमा शान्त स्वभावको हुने भएकाले यसले कुनै क्षति नपुर्याउने सहायक बन अधिकृत महम्मद अतिउल्लाहले बताउनुभयो ।
त्यसवरपर भिडभाड नगर्न र नजिक्याउन उहाको आग्रह छ । भिडभाड हट्ने र शान्त बाताबरण भए सो स्थानमा अजिङ्गर नबस्ने पनि अधिकृत अतिउल्लाहको भनाई छ । जलवायु परिबर्तनले गर्दा नदि किनार, पानी जमेका स्थान , तराई लगाएतका स्थानमा भेटिने अजिङ्गर पाल्पामा देखिएको जानकारहरुले बताएका छन् ।
फोटो खिच्न अजिङ्गर नजिक जाने, बढि हल्ला गर्ने र धर्म हुन्छ भन्दै त्यसको पछाडीको भाग छुने गरेकाले त्यसो नगर्न पनि प्रहरी र बन कार्यालयका कर्मचारीहरुले आग्रह गरेका छन् । केही महिना अघि पनि पाल्पाको अर्गलीमा राजगोमन (किङ्ग कोव्रा ) भेटिएको थियो ।