राज्यसत्ता,
काडमाण्डौ, कारर्तिक ७ – नवोदित गीतकार लभ हुन्चीङ मगर र नवोदित गायक, संगीतकार मनोज थापा मगरको पहिलो गीति एल्बम प्रेमालय ECSTASY को सामुहिक विमोचन सहित च्यारिटी डिनर २०७३ कार्तिक ५ गते शुक्रवार गेस्ट्रो पब, विश्वज्योति मल, जमलमा आयोजना गरिएको थियो ।
बेदनिधि पौडेल, शान्तिराम राई, महावीर पुन मगर, राजकुमार पुन मगर र प्रमुख अतिथि श्रवण मुकारुङले शुभकामना सहित एल्बम वारे बोलेका थिए । एल्बममा जम्मा ५ वटा गीत रहेको छ । गायीका निखिता थापाले साथ दिएकी छिन ।
च्यारिटी डिनरवाट उठेको रकम म्यागासेसे पुरस्कारवाट पुरस्कृत डा. महावीर पुन मगरद्धारा संचालित राष्ट्रिय अनुसन्धान केन्द्र र अनाथ बालबालिकाको लागि संचालित बेबी लाइफ होम तथा सफलता शिक्षा सदनलाई प्रदान गरिनेछ । मीन हुनचीङ थापा मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सञ्जोग लाफा मगरको सन्चालनमा अतिथिहरूलार्इ स्वागत फनिन्द्र राई (संगीत संयोजन)ले गर्नु भएको थियो ।
अतिथि, प्रमुख अतिथिहरूमा श्रवण मुकारुङ (प्राज्ञ, मातृभाषा विभाग प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठान)प्रमुख अतिथि, महावीर पुन मगर (म्यागासेसे पुरस्कार प्रापक एंव राष्ट्रिय अनुसन्धान केन्द्र) अतिथिहरूमा शान्तिराम राई (प्राज्ञ सदस्य, नेपाल संगीत नाटक प्रतिष्ठान), राजकुमार पुन मगर (बेबी लाइफ होम तथा सफलता शिक्षा सदन), मनोज राज (गुरु, गायक तथक संगीतकार), बेदनिधि पौडेल (गुरु, गायक तथक संगीतकार) , लीलादेवि अस्लामी मगर (आमा) , लोक पुन मगर (ससुरा) , मनोज थापा गायक/संगीतकार नीखिता थापा मगर, गायीका उदयराज पौडेल (संगीत संयोजन) ,रिकेस गुरुङ (संगीत संयोजन), उज्वलश्रेया महत कृपा डिजिटल रेर्कडिङ स्टुडियो भिजुवल अमृत ढुंगाना (निर्देशक/सम्पादन), रुपेस थापा (सिनेमाटोग्राफी) र मनोज थापा मगर (मोडल) अलिसा राई (मोडल) हुनुहुन्थ्यो ।