माया घले मगर
मुक्तक
विदेश जाने चेली हो तिहारमा नेपाल फिर्नू है
एयरपोर्टमा रक्षा गर्लान् होश चाहि गर्नू है |
पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो
अख्तियार प्रमुख नै भ्रस्ट भए पछी जेलमा कहिले तान्ने हो |
नेता भने खोकी लाग्दा अमेरिका पुग्दछन
डाक्टरको उपचारै नपाई गरिब चाही मर्दछन् |
कस्तो समाज कस्तो देश क्या गजबको चाला
जेलबाट भ्रष्टचारी छुट्दा एक क्विन्टलको माला |