बेल्पाली गितकार घमको ‘स्पन्दन’- एक समिक्षा !

Read Time:9 Minute, 19 Second

बिजय हितान

बेलायत, कात्तिक ५ – बेलायत स्थित केन्ट नेपाली साहित्य तथा संगितको उर्बरा भुमी ठहरिएको छ । याँहा वस्थित दुई दर्जनभन्दा बढी स्रजकले गित लेख्छन । अन्य दर्जनौ साहित्यिक स्रस्टा र गायकारहरुको याँहा बाक्लो उपस्थिती छ ।

गित लेखनमा यस्तै क्रम जारी रहे भबिश्यमा ‘सुर्के थैली खै…’, ‘डिमपल डिम्पल कान्छीको..’, ‘पानी पर्यो असिना झर्यो..’, ‘मत नेपालकी छोरी मलाई नेपालको माया चाहिन्छ…’ जस्ता हिट गीतहरु केन्टका गितकारद्वारा रचिन सकिन्छ ।  बेल्पाली साङ्गितिक क्षितिजमा यस्तै एक उदायमान गीतकारको नाम हो करीश्मा घम ।

सन २०१६ को संघारमै पहिलो गिती एलब ‘मुटु’ निकालेर उदाएकी घम फेरी आज ‘स्पन्दन’ लिएर हामी माझ घामजस्तै झुल्केकी छन । यो दोस्रो एलबमले नेपाली साङ्गितिक जगतमा नवकिरण छर्दै थुप्रै सम्भावनाका लहर बोकेर ल्याएको छ ।

  स्पन्दनमा बेल्पाली गायक गंगाराज राइको एकल स्वर रहेको छ । गंगा नदी झैं चिरपरिचित आवाज लिएर सलल, मन्ध-मन्ध सुस्याउँदै बगेका छन गंगाराज । गंगाराजको गला नारायण गोपाल, राजेश पायल, जगदिस समालको जस्तै प्रिथक छ ।

स्पन्दनलाई अद्ध्यन गर्दै जाँदा गितकार र गायकमाझ एक केमेस्ट्री भेटिन्छ । यि दुइमा बेजोडको जोराजोरीको एक रसायनिक समिश्रण पाईन्छ । त्यो के भने, शब्दमा हिन्दी साहित्यको आभास पाईन्छ भने स्वर र संगितमा बलिवुडको बाछिटा पाईन्छ । घमको बाल्यकाल भारतमा बितेको र गंगाराजको साङ्गितिक अद्ध्यन पनि भारतमै भएकोले यसो हुन गएको होला । स्पन्दन ६ वोटा गीतले तरङ्गित छ । गंगाराज स्वयम लगायत महेश खड्का, कल्यान सिङ, बसन्त साप्कोटाको यसमा मधुर सङ्गित रहेको छ ।    

  ‘रोज्यो तिमीलाई रोज्यो यो मनले रोज्यो तिमीलाई सयौ हजारमा,मिलन होला कि न होला मन भो दोधारमा…’ एलबमको पहिलो गित हो ।  गित कोमल भावनाको सुललित अभिब्याक्ती हो । गितको आफ्नै छन्द हुन्छ, आफ्नै गन्ध हुन्छ । यिनै कुरा यस गीतमा पाईन्छ । यो गितको बिषेशता भनेको शब्दहरु गजल जस्ता नभएपनी गाइएको लय गजल पाराको छ । गीतमा अनिस्चितता झेल्दै आफ्नो प्रियसिलाइ स्नेह दर्साउन खोजिएको छ ।

आँखाभरी तिम्रै तस्विर ढुकुढुकिमा तिमी छौ हर प्रहरमा सम्झिरहने मेरो सोँचमा तिमी छौ …. कुन मोडमा हाम्रो नाता नटुटोस है जस्तै बाधा आएपनी हाम्रो साथ नटुटोस है….

यि माथिका दुई अनुक्ष्क्षेदले बियोगान्त र बिरहका गाथा बोल्छ । प्रेममा बिछोडका पिडा नै यस एलबमको मुल बिषय जस्तो लाग्छ । प्रेम बिनाको जीवन अर्थहिन हुन्छ । माया बिनाको जिन्दगीले बेसहारा र ब्याकुलता निम्त्याउन्छ ।  बैराग्यताले छाएकोबेला, गहिरो प्रेममा डुबेको अवस्थामा त्रासको अनुभव गर्दै घमले गित लेखेको हुनपर्छ । हाङाबाट छुटेको पात, सुनसान रात, बिछोडको रात जस्ता शब्दहरु उनको गीतमा पाइने हुनाले स्रोता स्वयमले बेदना र पिडा अवस्य महसुस गर्नेछन ।

चङ्गा झै उड्दै थियो खुल्ला आकाशको काखमा हाम्रो मायाको डोरी थियो अरुको कसैको हातमा…     ‘भुल्दिन भुल्नै सक्दिन…’ जम्मा ६ अन्तराको सबैभन्दा छोटो गीत हो । यसै सिर्सकको एक पाउ ‘एकै झल्को पाउने आशामा जिउँ या मरु…’ एकोहोरो अनी गहिरो प्रेममा डुबेको प्रेमिकाले दर्साएको प्रेम प्रणयको अभिब्याक्ती हो ।

‘म कोमल कोपिला हुँ तिम्रो हृदयमा फुल्छु, तिम्रो मिठो मिस्कानमा सारा पिडा भुल्छु…’ ४/४ पाउका तीन अनुक्षेद रहेका सबैभन्दा लामो पाँचौ गीत हो । यसमा गितकार स्वयम गाएक भएर केटीको स्वर भरेकी छिन् । अब घम गितकार मात्रै होइन गाएक पनि बनेर उदाएकी छिन  । केटा केटी दुबैको स्वर रहेको, प्रेममा सकारात्मक भावना बोकेको गित हो यो ।

  अन्य गीतमा धोका, डर र त्रास भेटिन्छ भने यसमा न्यानो माया भेटिन्छ । यस गितले प्रेमी प्रेमिका दुबै एक अर्काप्रती समर्पण दर्साइएको सौन्दर्य प्रेम भाव बोकेको छ ।   गितले रङ्गिन होली खेल्छ । गितको रङग मादक हुन्छ । सम्मोहनको पराग सेचन गराउँदै रुमानी साँझ निम्त्याउन्छ गितले । यसैलाई अभिब्याक्त गरेकी छीन घम यस अन्तिम गीतमा-

आउन प्रिय आउ आज गरौ जोरा जोरी बनी आज हामी एक नम्बरको जोडी….   यो डान्स गर्न मिल्ने गीत हो । प्रेममा सुखद अनुभुती गरिएका शब्दले भरिपूर्ण छ यो गित । दुई दिन को जिन्दगी हो आउ प्रेम गरौँ, मरिलानु के छ र भन्ने सन्देश दिन खोजिएको छ यसमा ।

गीतमा कला पक्ष र भाव पक्ष दुबैलाइ सौन्दर्यले सजाउन पर्छ । कला पक्षमा संगठन, भाषा, सैली, अभिब्याक्ती पर्दछन । स्पन्दनमा संगठनलाई परीमार्जित गर्न सकिने धेरै ठाउँ छ । सबैले सजिलै बुझ्ने साधारण भाषा प्रयोग गरिएको छ । शब्दमा बिम्बहरुको कमिले पनि स्रोताले गितको भाव सजिलै ग्रहण गर्न सक्नेछन । स्वरमा भने आफ्नै प्रिथक शैली छ ।

  मुल बिषय र उद्देस्य गीतका भाव पक्ष हुन । कबिता र आख्यानमा जस्तो गीतले खासै उद्दस्य वा अभियान बोकेको हुँदैन । गितको मुख्य अभिप्राय भनेको माया प्रितीका बिषयलाई समेटेर स्रोतालाई मनोरन्जन दिलाउनु हो । स्पन्दन पनि यसै श्रेणी भित्र पर्छ । मायाँ बाँच्ने आधार हो  जसरी मुटु र यसको स्पन्दन भौतिक शरीरको जिउने आधार हो । घमका सबै गीतहरु पनि माया पिरतिका छन ।

गितको बिशेषता भाबुकता हो बौद्दिकता होइन । बौद्दिकता त कबितामा पाईन्छ । कबितामा सम्बेदना, अनुभुती, अर्थ, र चेतना उच्च हुन्छ । गीतमा भावना र हृदय पक्ष प्रबल हुन्छ । भावुकता गीतको मुलभुत बिशेषता हो भने अर्को हो लयात्मकता अर्थात ताल जो स्वर र संगितले दिन्छ । यिनै बिशेषताको समिश्रण हो स्पन्दन ।  

  समग्रमा स्पन्दन प्रेमपरक गिती एलबम हो । शब्दहरुमा बिम्ब प्रयोगमा कन्जुसाइ गरिएको छ । स्रोताको हिसाबले एक एलबममा डाइनामिज्म खोजिन्छ । एकल स्वरले गर्दा होला बिबिधतामा अली कमी देखिन्छ ।

चार भिन्न संगितकारको संगित रहेपनी सबै गितहरु धन्दैधन्दै उस्तै सुनिन्छन । ता पनि एक नाच्ने गित, अर्को डुएट गीत भएकोले स्रोताको मन सजिलै जित्न सक्नेछ यस एलबमले । अली फराकिलो बिषयबस्तु समातेर लेखीएको भए एलबमको स्तर अझै माथि उठ्थ्यो । मेहनत गरे र अवसर पाए गितकार तथा गाएक दुबै भबिश्यमा सगरमाथाको उचाइ चुम्नसक्ने प्रसस्त सम्भावना छ ।

यस कर्णप्रिय स्पन्दनले अन्यलाई पनि गीतहरु लेख्ने प्रेरणा प्रदान गर्नेछ । यो साङ्गितिक जोडाजोरी अर्थात रसायनिक समिश्रण क्रमश अगाडि बढ्दै जानेछ ।          

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %