धर्मनिरपेक्ष नेपाल दशैँको टिकामा विवाद बन्नुहुन्न !

Read Time:11 Minute, 12 Second

हुम सुनारी मगर

अलिबढी विवेकशील भएछन् क्यारे हाम्रा आदिवासी जनजाति समाज, हिजो आज। नत्र भने आदिवासी जनजाति समूदायका अग्रज नेता अशोक राईले दशैँ टिका लगाएको थाहा पाएपछि सर्बसाधारणबाट उनीमाथि तथानाम गाली बर्षिनु पर्ने। तर, त्यस्तो देखिएन।

  नेपालीहरूको चाडपर्बमा चरम विभेद भयो भनेर समानताका लागि उतिबेला श्रद्धेय नेता स्व। गोरेबहादुर खपाङ्गीमगरले दशैँ नमानौं भन्यो। विद्रोह नै गर्यो। तर, धर्मसापेक्ष राज्यको मन्त्री भएपछि राजाको हातबाट दशैँ टिका नलगाई सुख पाएनन्, उनले । दशैँ टिका नलगाएको भए सोहि दिन उनि बर्खास्त हुने पक्का थियो। किनकि उनि हिन्दुसापेक्ष राज्यको एक मन्त्री थिए। हिन्दुसापेक्ष संविधान अनुरूप सपथ खाएर मन्त्री बनेका थिए, खपाङ्गी। त्यो पनि राजाको प्रत्यक्ष शासन कालमा।

जनजाति समाजले त्यो बुझेनन्। उनको पुत्ला दहनसम्म भयो। उनलाई यतिसम्म अपमानित गरियो कि उनि समाजमा शिर ठाडो पारेर हिड्नसम्म सकेनन्। त्यो अपमान उनकै समूदायले गरेका थिए। उनि हिन्दुसापेक्ष राज्यको एक मन्त्री भईसके पछि खपाङ्गीले दशैँ टिका ग्रहण गर्नुपरेको प्रमूख दुई कारणहरू मैले उनको सिंगापुरमा सम्पन्न उपचार पछि लेखेको पुस्तक ुनेपाली राजनीति र समाजमा खपाङ्गीको देनु पुस्तकमा पनि उल्लेख गरेको छु।

नमालुम्, खपाङ्गीले सबैको चाडपर्बलाई सम्मान गर्नुपर्छ भनेर दशैँ टिका ग्रहण गरेका पो थिए कि १ तर, उनको ९खपाङ्गी० को यो दाबी छ कि उतिबेलाका ७ कक्षासम्म सरकारी विद्यालयमा पढाइने संस्कृत बिषय हटाउन शिक्षामन्त्रीलाई मन्जुर गराएका थिए। त्यो मन्त्रीपरिषदको बैठकबाट पास गराउन राजालाई खुशि पार्नु थियो। र, खपाङ्गीले राजालाई खुशि पार्न उनले राजाको हातबाट दशैँ टिका थापेको उनले दाबी गरेका थिए।

दशैँ टिका ग्रहण गर्नुपरेको कारणबारे स्पष्टिकरण दिने मौकासम्म पाएनन्, खपाङ्गीले। त्यतिबेला उनको स्पष्टिकरण त के एउटा कुरासम्म सुन्ने पक्षमा थिएनन्, खपाङ्गीका हिजोका समर्थकहरू। पत्रकारहरू खपाङ्गीको जसरि हुन्छ गल्ति र कमीकमजोरीहरूलाई पर्दाफास गराएर खपाङ्गीलाई नंग्याउने र सदाका लागि समाजबाट बिस्थापित गराउने धाउन्न मै थिए।

त्यो दिनदेखि आफ्नै आदिवासी जनजाति बिशेष गरि मगर समूदायले दशैँ टिका लगाएको भन्ने निहुमा खपाङ्गीलाई एक किसिमले बहिस्कारै गरे, उनका समाजले। उनको अपमान गरियो। र, उनले अस्ति अन्तिम पटक सास फेर्दासम्म उनि अपमानित नै भएर उनको अन्त्य भयो । खैर, उनको शरीर निर्जीव भएपछि भने केहिले उनलाई महान समाजवादी नेताको उपाधिसम्म दिन भ्याए।

त्यस्तै प्रकृतिको राजनीति गर्ने अर्का नेता अशोक राईले पनि दशैँ टिका ग्रहण गरेछन्, यसपालिको दशैँमा । दशैँमा पड्काइने तोप ल्होसार र साकेलामा पनि पड्काइनु पर्छ भनेर अस्ति भर्खर अभिव्यक्ति दिनु भएको थियो, वहाँले। ल, म दशैँ टिका सम्मान पूर्बक ग्रहण गर्छु। तर, ल्होसार र साकेलामा पनि तोप पड्काउ है सरकार, भनेर त्यो दशैँ टिका ग्रहण उनको सांकेतिक संदेश र माग पो थियो कि त रु

अशोक राईले टिका लगाएको देखेर तुरून्तै केहि जनजाति समूदाय कै मानिसहरूले उनको पनि खेदो खन्न ढिला गरेनन्। उनको खेदो खन्नेहरूमा जनजाति समूदाय र त्यस्तै अनुहारहरू नै भेटिए। भने, उनि आवद्ध दलका महानुभावहरूले राई सबै जातिजातिका पनि नेता भएकैले वहाँले दशैँ टीकालाई सम्मान गर्दै ग्रहण गर्नुभएको हो भन्दै उनको राम्रो बचावट गरियो। तर, त्यस्तो बचावट खपाङ्गी आवद्ध दलका नेता कार्यकर्ताहरूले उतिबेला गरेनन्।

अशोक राई एक राजनीतिज्ञ हुन्। एक राजनीतिक दलको वरिष्ट नेता पनि हुन्। उनि आवद्ध दलको संसदीय नेता पनि हुन्। उस्तै परे देशको प्रधानमन्त्री हुने हैसियत पनि राख्छ, अशोक राईले। के अशोक राई भोलि प्रधानमन्त्री भयो भने उनको जातले मान्ने गरेको साकेला पर्बलाई मात्र राज्यले प्रोत्शाहन गर्ने र अन्य जातजातिले मान्ने चाडपर्बलाई जति निरुत्साहित गर्ने गरियो भने त्यतिबेला उनको र देशको अवस्था के हुन्छ रु

भोलि मधेशी नेता प्रधानमन्त्री भएको अवस्थामा दशैँ बिदालाई एकदिनमा झारेर छठ पर्वको अवसरमा नेपाल भरिनै जबर्जस्ती १५ दिन सरकारी विदा दिने घोषणा गराईयो भने सिङ्गो देशको अवस्था के हुन्छ रु

खैर, एउटा जनजाति श्रद्धेय नेता स्व। गोरेबहादुर खपाङ्गीमगरले दशैँ टिका ग्रहण गर्दा आफ्नै समूदायबाट आजीवन तिरस्कृत भएर बाँच्नु पर्यो। भने, अर्का जनजाति नेताले त्यसरी नै दशैँ टिका ग्रहण गर्दा केहिले नकारात्मक टिप्पणी गरेपनि केहिले उनको बचाऊ गर्यो। भने, धेरै मौन रहयो। यहाँ के विश्लेषण गर्न सकिने भयो भने कि त जनजाति समाज थोरै विवेकशील भएका रहेछन् कि त जनजाति समूदाय भित्रै पनि साम्प्रदायिक विभेद रहेछ। या, नश्लावादी सोच र संकीर्ण मानसिकताले ग्रस्त छन्, आदिवासी जनजाति भित्र पनि। 

मूलुक संविधानतस् धर्मनिरपेक्ष राज्य स्थापित भईसके पनि धर्मनिरपेक्षताको कार्यन्वयन हुन अझै बाँकि नै छ। राष्ट्रपतिले सर्बसाधारणलाई दशैँ टिका लगाइदिने कार्यको निरन्तरता, दशैँ र शिवरात्रिको दिन नेपाली सेनाद्वारा टुडिखेलमा तोप सहित हर्ष बधाई कार्यको निरन्तरता र दशैँमा १५ दिनसम्म सरकारी बिदाको व्यवस्था आदिको निरन्तरताले अझै पनि नेपालमा धर्मनिरपेक्षता कार्यन्वयन नभएको प्रष्ट देखिन्छ।

धर्मनिरपेक्षतालाई अपव्याख्या गर्दै खसआर्य समूदायबाट राष्ट्रपति र प्रधानमन्त्री हुँदा दशैँमा १५ दिन सरकारी बिदा गर्ने गरिएको छ। भोलि कथम्कदाचित आदिवासी जनजाति समूदायबाट राष्ट्रपति अथवा प्रधानमन्त्री पद सम्हाल्न पुग्यो भने तिनले दशैँ बिदालाई एकदिनमा झारेर ल्होसार अथवा साकेला पर्बमा १५ दिनसम्म सरकारी विदा दिने र सरकारी कर्मचारीहरूलाई ल्होसार अथवा साकेला पर्बको अवसर पारेर सरकारी ढुकुटीबाट बोनस बाँडियो भने अन्य समूदायहरू चुप लागेर बस्न सक्लान् र रु

दशैँमा बढीमा दुई दिनसम्म सरकारी बिदा गर्दा राम्रो हुन्छ। पूर्वका राईलिम्बुले मनाउने साकेला पर्ब एक नम्बर प्रदेशमा मात्र एक दिन सरकारी बिदा हुनुपर्ने। छठ पर्ब मदेशको दुई र पाच नम्बर प्रदेशको तराई भेगमा मात्रै सरकारी बिदा हुनुपर्ने। ल्होसार ९तामांग र शेर्पाको० त्यस क्षेत्रमा मात्र एक दिन सरकारी बिदा हुनपर्ने।

नेवारको आफ्नै सांस्कृतिक पर्ब छ। त्यस दिन नेवारहरूलाई मात्र एकदिन सरकारी बिदाको व्यवस्था गर्दा उचित हुन्छ। गुरुङको ल्होसारमा चार नम्बर प्रदेशमा मात्र एकदिन सरकारी बिदा हुनुपर्ने। माघे सकराती र १५ फागुनमा मगरात क्षेत्रमा मात्रै दुई दिन सरकारी बिदा हुनुपर्ने र माघी पर्बमा थरुहट क्षेत्रमा मात्र एकदिन सरकारी बिदा हुनुपर्ने व्यवस्था भए अति उत्तम हुनेछ।

साथै अल्पसंख्यक र सिमान्तकृत समूदायहरूलाई पनि तिनीहरूको सांस्कृतिक पर्बमा उनीहरूलाई मात्र एक(एक दिन सरकारी बिदाको व्यवस्था गर्दा अति सान्दर्भिक हुनेछ। बर्षमा दुई पटक हुने इदमा इस्मालहरूलाई मात्र सरकारी बिदाको व्यवस्था गर्दा उत्तम हुन्छ।   

नेपालीहरूले धेरै दिन चाडपर्ब मनाएर समय बर्बाद गरेकाले पनि नेपाल बिपन्न भएको हो, भन्न सकिने आधार छन्। इसाई धर्म मान्ने देशमा बर्षमा मात्र दुई दिन सरकारी बिदा हुन्छ। क्रिस्मस र नयाँ बर्षमा। बाँकि सबै दिन उनीहरू काममा खटेका हुन्छन्। त्यसैले नै विश्वका सम्पन्न र शक्तिशाली देशहरू इसाईहरू बसोबास गर्ने देश नै छन्। जस्तै अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, अस्ट्रेलिया आदि।   

विकसित देशका मानिसहरूले विभिन्न नयाँ नयाँ प्रविधिहरूको विकास र आविस्कार गरिरहँदा हामी नेपालीहरू चाडपर्ब मनाएरै समय र धनसम्पति बर्बाद गरेका छौं भन्ने तर्कमा दुई मत नहुनु पर्ने हो। 

 रियाद (साउदी अरब)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %