स्व.गोरेबहादुर खपाँगीको श्रद्धाञ्जली सभामा उहाँकै कृती बिमोचन हुने !

Read Time:1 Minute, 41 Second

सञ्जय सिंजाली मगर

काठमाण्डौ , असोज २२ – प्रणेता स्व.गोरेबहादुर खपाँगीको ४९ दिनऔको पुन्य तीथिमा श्रद्धाञ्जली सभा तथा उहाँकै कृती बिमोचन गरिने भएकोछ ।

गोरेबहादुर खपाँगी फाउण्डेसनले श्रद्धानजली सभा र खपाँगीको पहिलो कृती प्रकाशन र बिमोचनको जिम्मा लिएको छ । प्रकाशनको लागी उहाँकी जेठी छोरी चारु खपाँगी र जवई चन्द्रबहादुर थापा मगरले ७५ प्रतिशत र बाँकी फाउण्डेशनले आर्थीक लगानी गरेको छ ।

कार्यक्रम २८ असोज २०७३ का दिन आनम नगर स्थित तमु बौद्ध समाजको भवनमा उहाँको परिवार र आफन्तजनले बौद्ध सस्कार अनुसार ठिक ८ बजे देखि शान्ति पुजा सुरु गर्ने भएका छन । शान्ति पुजा सक्नासाथ करिब ११ बजे देखी औपचारीक कार्यक्रम हुने फाउण्डेशनका उपाध्यक्ष रुद्र गुर्माछान मगरले जानकारी दिनु भयो ।

नेता खपाँगीको गत भाद्र ११ गते उपचारको क्रममा न्यूरो हस्पिटल बासबारीमा निधन भएको थियो । नेता खपाँगीको मृत्यु देखि (घोट) अन्तेस्टी सम्म फाउण्डेशन, नेपाल मगर संघ,नेपाल मगर बुद्ध समाज र लिबीरल डेमोक्राटिक पार्टीले संयूक्त रुपमा सबै कार्य सम्पन्न गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %