‘ड्युटि भन्दै डेटिङ्तिर’डाइमन्ड लाहुरे

Read Time:3 Minute, 47 Second

रोशन मेवाहाङ-

लन्डन् ,असोज १७ ,२०७३ । बेलायतस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक संजिब राई (पारदर्शी) र गीतकार सुष्मा रुपाबुङ राईको सयुक्त रचना मायाप्रेममा आधरीत ‘ड्युटि भन्दै डेटिङ्तिर’ बोलको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन् ।

गीतकार तथा मोडल संन्जिब र सुष्माको मायाप्रेममा सजिएको रचनालाई प्रख्यात प्राश्व गायक राजेश पायल राई र गायिका मिलन अमात्यले मधुर स्वर दिएका छन् । उक्त शब्द रचनालाई संगीतकार बसन्त सापकोटाले मिठो संगीत भरेका छन् ।रिअयल लाइफका यि जोडी रिल लाईफ मा पनि उत्तिकै जमेका छन ।

विदेशको व्यस्तताको बाबजुद आफनो प्रियतमलाई दिन नसकेको अमुल्य समय,मिठो माया, सद्धभाव र मायालुको दशीलाई वास्तविक धरातलमा रहेर यो नयाँ रचना ल्याएका गीतकार संजिबले बताए । सुष्मा र संजिबको लिड रोलमा अभिनित यस भिडियोलाई चर्चित कोरीयोग्राफर रेनेशा बान्तावा राईले निर्देशन गरेकी छिन् ।

गीतकार संजिबले यस अघि डाइमन्ड लाहुरे एल्वमबाट अत्यधिक चर्चा पाईसकेका छन । सांगितिक क्षेत्रमा बेग्लै मिठास र ठुलो संम्भावना लिएर आईरहेको देखिन्छ साथै आधुनिक परिबेशमा नेपाली सांगितिक आकाशमा गीतकार रुपाबुङ र पारदर्शी सानो उमेरबाटै नेपाली साहित्यमा कविता,गीत,शायरी र गजल तर्फ अत्यन्तै रुचि राख्ने उनिहरुको प्रेरणाको स्रोत आफनै घरपरिवार रहेको बताए । लाहुरेहरुको कथा,व्यथा,बाध्यता र बेदनाहरु हजारौ हुन्छन जस्लाई अरु लेखकहरुले लेखेका छैनन् । जुन पल्टनभित्रकै सर्जकहरुले मात्र जीवन्त रुपमा पोख्न सक्ने गीतकार संन्जिब ‘पारादर्शी’ले बताए ।

खोटाङ, नुनथलामा जन्मेका गीतकार संन्जिब बाल्यकालबाटै गीतसंगित प्रति हुरुक्कै हुने भए पनि स्नातकको अध्ययन पश्चात बाटो मोडिएर बेलायती गोर्खा सैनिकमा वि. स. २०६५ सालमा भर्ति भएका हुन् भने सुष्मा रुपाबुङ ईलाम बजारमा जन्मिएर नेपाली साहित्यमा कलम चलाउदै त्रिभुवन विश्व विधालयबाट स्नातकोत्तर गरी हाल नेपालमै प्राध्यापन पेशामा आवद्ध छिन् । यसरी अलग अलग धरातलबाट जीवन यात्रालाई अघि बढाउँने क्रममा यी दुई यात्री केहि बर्ष अघि काठमाण्डौमा परिचित भएका थिए । अन्तत यी दुई जोडिले गत साल अलग यात्रालाई एउटै यात्रामा हिड्ने निर्णय गरी वैवाहिक सम्बन्ध गासेका छन् । यस म्युजिक भिडियोको सफलताको कामना साथै नव दाम्पत्य जोडिको अमरप्रेमले युगौयुग सम्म साथ पाईरहोस् शुभकामना ।

{youtube}https://youtu.be/RlqXkZpUEto{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %