बम थापा (सूर्यवंशी) मगर
बेलायत, गत हप्ता मगरहरुको जातीय पहिचान भाषा संस्कार र सस्कृतिको संरक्षण र सबर्धन गर्दै अन्य समुदायसंग हार्दिक सुमधुर सम्बध राख्दै अघि बढिरहेको सस्था मगर संघ युकेले बेलायतमा रहेका जेष्ठ मगर बुद्धिजिबीहरुको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मगर संघ युकेका अध्यक्ष नेम थापा मगरले बेलायतमा बसोवास गर्नु हुने मगर बुद्धिजिवीहरुबाट यस्ता जिज्ञासा आएको हुँदा यो कार्यक्रम राख्नु परेको बताएका थिए । नेपालमा होस् अथवा बेलायतमा आदिवासी जनजाती समुदायकै सबै भन्दा ठूलो जनसख्या ओगटेको मगर समुदायको अन्य समुदायको भन्दा फरक भाषा सस्कृति परम्परा रहेकोले मगर समुदायको छुट्टै पहिचान छ । सो कार्यक्रममा मगर सस्थामा मात्र नभएर नेपाल देशको अभिन्न अंगमा रहेर धेरै अनुभव गरेका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बेलायतको सन्दर्भमा यहाँको आधुनिकता सस्कृतिको परम्पराको प्रभावको कारण नेपाली सस्कृति पनि गुम्दै जान सक्छ । यो अति नै चिन्ताको बिषय हो । सस्कृति परम्परा भनेको आफ्नो पहिचान र पुर्खाले मान्दै आएको भएका कारण यसको संरक्षण बारे छलफल गरिएको थियो ।
मगर संघ युकेका महासचिव लालबहादुर पुनमगरले संचालन गरेको कार्यक्रममा बेलायतमा रहेका जेष्ठ बुद्धिजीवी र मगर अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बेलायतमा रहेका जेष्ठ मगर बुद्धिजीवीहरु केशुराम आलेमगर, जुद्धबिर बरालमगर, केशरबहादुर थापामगर, दिल बहादुर थापामगर, र बजराम रानामगरलाई सस्थाका अध्यक्षको बाहुलीबाट खादाले सम्मान गरिएको थियो । सोहि कार्यक्रममा बुद्ध जयन्तिको शुअवसरमा निम्त्याइएको भिक्षु भन्ते त्रिलोक र भन्ते इन्द्रसकलाई आसन ग्रहण गराइएको थियो ।
बिगतमा विभिन्न कारणले आफ्नो भाषा सस्कृति परम्पराबाट टाढिनु पुगेको मगर समुदायले अहिले आएर पहिचान बारे महत्व बुझन थालेका छन् । बसाईसराइ, एक भाषा एक धर्म लागु गर्ने तत्कालिन तानाशाही सामन्ती राज्य ब्यबस्था आदिका कारण नेपालमा मगर भाषा बोल्नेहरुले भाषा बोल्न छाडेका सस्कृति परम्परा बिर्सन बाध्य पारिएको थियो । बेलायतको सन्दर्भमा यहाँको आधुनिकता सस्कृतिको परम्पराको प्रभावको कारण नेपाली सस्कृति पनि गुम्दै जान सक्छ । यो अति नै चिन्ताको बिषय हो । सस्कृति परम्परा भनेको आफ्नो पहिचान र पुर्खाले मान्दै आएको भएका कारण यसको संरक्षण गर्नु पर्ने बारे चर्चा गरिएको थियो ।
निवर्तमान अध्यक्ष दुत पुनमगरले आफ्नो कार्यकालमा गरेका मुख्य मुख्य बुंदाहरु बारे अवगत गराएका थिए । मगर संघ युकेको आफ्नो कार्यलय संचालन गर्नको लागि आफ्नै घर बेलायतका मगरहरुको “साझा घर” खरिद गर्नु सफल भएको छ भने लखन थापा प्रतिष्ठान, अरुण थापा प्रतिष्ठान, मास्टर मित्रसेन प्रतिष्ठान, जित बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान र मगर स्टडी गरेर ५ वटा एक-एक लाखको अक्षय कोष मगर संघ युकेले स्थापना गरेको छ । त्यस्तै गरि मगर जाति शिक्षा क्षेत्रको साक्षारतमा राम्रो भएता पनि उच्च शिक्षामा एकदमै न्यून योग्यता भएको कारणले राज्यको हरेक निकायमा मगरहरुको उपस्थिति एकदमै कम छ । त्यसकारण मास्टर अथवा पीएचडिको अक्षय कोष खडा गरेर नेपालका गरिब तथा जेहेन्दार मगर बिधार्थीहरुलाई मद्दत पुर्याउने उदेश्य लिएर नेपाली एक करोड रुपियाको अक्षय कोष खडा गर्नु लागेकोमा अहिले सम्म लगभग ५० लाख संकलन भै सकेको बताए ।
संघका उपाध्यक्ष एवं बैदेशिक विभागका प्रमुख बम थापा सूर्यवंशीमगरले नेपाल मगर संघ र संसार भरि खोलिएका मगर संघहरुको बारेमा प्रकाश पारेका थिए । निकट भबिस्यमा नै संसारभरिका मगर संघहरुलाई ग्लोबलाईज गरेर नेपालको मगरात भूमिमा लगेर सम्मेलन गर्ने बताए ।