पाल्पाली समाजले राना मगरलाई गरे उद्धार !

Read Time:2 Minute, 56 Second

कृष्ण सारू मगर

युएई,  सेप्टेम्बर ३० –  रोजगारीका शिलशिलामा दुबईमा पुगेका स्थाई घर पिपलडाडा ८ पाल्पाका पासपोर्ट नं-०७३०२३३५ बाहक कृष्ण बहादुर राना मगरलाई गृह जिल्लावासी समाजले २८ सेप्टेम्बरका दिन साँझ ५.२५ बजे एयर अरवीयाको उडान बाट पाल्पाली समाज क्षेत्रीय समिति युएईले उद्धार गरी स्वदेश पठाएको छ ।

दशैँ, तिहार चार्डपर्वको पुर्वसन्ध्याका कारण हवाई यात्रुको चापले टिकटको अभाव, फिर्तीका लागि सरकारी कागजपत्र प्रकृया एवं विविध समस्याका कारण ढिलाइ भएको थियो ।

दुवई स्थित भारतीय नागरिकले सञ्चालन गरेको टेक्सटायल कम्पनीको भिषाको करार अवधि सम्झौता ३१ मई २०१६ सम्म थियो । भिषाको समयावधि सकिन पुर्व राजिनामा दिएर बसेका थिए ।

वास्तविक समाजिक संघ, संस्थाले गर्नु पर्ने मानवीय काम, कर्तव्य समाजको भुमिका निकै श्रहानिय छ । पिडित राना मगरले युएईमा रहेका पाल्पालीहरूको एकतामा गैर पाल्पालीको पनि उत्तिकै सह्योग जुटेको छ । अन्य देशहरूमा स्थापित समाजले आपसी सद्भाव बाँड्दै हरेक समस्या र समाधानलाई सफल बनाउन यसरी नै जुटेर अगाडि बढेको खण्डमा हाम्रो पाल्पा साच्चिकै उधारणीय बन्ने उनको धारणा थियो ।

उनल थप्दै भने, समाजले पाल्पा जिल्लाको विभिन्न ६० वटा निमावि स्तरका विधालयमा अध्यनरत गरिब तथा जेहेन्दार विधार्थीलाई उज्ज्वल भविश्यको परिकल्पना अनुरूप अक्षकोष निर्माण अभियानलले केही विधालयमा हस्तान्तरण भ सिङ्गो पाल्पावासीको गौरब बढाएकोमा खु:सी हुँदै आफुलाई उद्धारका लागि पहल गर्नु हुने सबैलाई विशेष आभार ब्यक्त गरेको थियो ।

क्षेत्रीय सदस्य समेत रहेका राना मगरलाई उद्धारका लागि कानूनी परामर्श सहित स्वदेश फिर्ताको लागि आवश्यक ब्यावस्थापनका लागि पाल्पाली समाज युएईले कार्यसमितिका पद्धेन पदाधिकारी सदस्यले आन्तरिक अभियान चलाएर जुटाएको समाजका महासचिव वेद प्रसाद अर्याल पाल्पालीले राज्यसत्ता डटकमलाई बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %